logo

नम्बरी जग्गा दशगजामा प¥यो, जनता भन्छन हामी नेपाली की भारतीय ?

      1/16/2018 गते 00 00 मा प्रकाशित     1868   पटक पढिएको

वीरगन्ज, २ माघ । नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीद्वारा भईरहेको सीमा व्यावस्थापनमा विवाद देखिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैया स्थित पिलर  नम्बर ३९१ र ३९२ अन्तर्गतको सहायक सीमा स्तम्भ राख्ने क्रममा बिवाद देखिएको हो ।

 

नेपालतर्फको नम्बरी दर्तावाला लालपूर्जा भएको जग्गा दशगजामा पर्ने भएपछि जग्गाधनीले  विरोध जनाएका छन् ।

सीमा व्यावस्थापनका लागि खटिएको नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीले निर्माण गरेको सीमा स्तम्भ स्थानीयले बर्सौदेखि भोगचलन गर्दै आएको नम्बरी जग्गामा परेपछि अहिले स्थानीयले विवाद गरेका हुन् ।

 

नेपाल भारतको सीमा व्यावस्थापनका लागि सन् १८४० मा गरिएको सीमा नक्शांकनको आधारमा अहिले सीमा स्तम्भहरु राख्ने काम भईरहँदा नेपालको वीरगन्ज महानगरपालिका वडा नम्बर १ को बजार छप्कैयामा पर्ने मूल स्तम्भ जंगे पिलर  ३९१ को ३८, र ३९ तथा ३९२ को ७, ८, ९ १० र २७, २८ नम्बरको सहायक स्तम्भ नेपालतर्फ पर्ने भएको छ ।

जसले गर्दा  स्थानीयहरुले बर्षौदेखि भोगचलन गर्दै आएको करिब ३० विगाह जमिन गुमाउनुपर्ने भएको छ ।

 

सीमा स्तम्भ राख्ने क्रममा स्थानीयहरुसँग पनि कुनै राय सुझाव समेत नलिएर जिपिएस प्रणालीद्वारा लिईएको नक्शाको आधारमा मात्रै सीमा स्तम्भ राख्न लागिएकोले आपूmहरुको जग्गा भारतर्फ जाने स्थानीयले बताएका छन् । संयुक्त सर्वेक्षण टोलीले सन् १८४० को नक्शालाई आधार मानेर नक्शांकन गर्ने सहमति अनुसार हराएको सीमा स्तम्भहरु राख्ने, जीर्ण सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न दुवैदेशले संयुक्त सर्वेक्षण टोली नै बनाएर अहिले सीमाको व्यावस्थापन गरिरहेको छ ।

 

पुस्तौदेखि भोगचलन गर्दै आएको र नम्बरी जग्गा नै भएकोले नेपाल सरकारले त्यसको कुनै सोधखोज नगरी सीमा व्यावस्थापन गर्दा आपूmहरुले मालपोत कर तिरेर भोगचलन गर्दै आएको जग्गा गुमाउनुपर्दा राज्यले ठगेको अनुभव भएको स्थानीय रविन्द्र महतो कोईरीले दुखेसो गर्नु भयो ।

 

हामीले बर्षौदेखि मालपोत कर तिर्दै भोगचलन गर्दै आईरहेका छौं यदि भारतीय जमिन हो या सीमामा नै परेको हो भने, सरकारले हामीलाई किन जग्गा धनीप्रमाण पूर्जा दिएको उहाँले प्रश्न गर्नु भयो ।

 आफ्नो नाममा रहेको जग्गामा पिलर गाड्न लागेको देखेपछि कोईरीले मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको भएपनि अहिले सीमा स्तम्भ राख्ने काम नरोकेपछि आपूmहरुले विरोध गरेको कोईरीले बताउनु भयो।

 

केही सहायक पिलरहरु पनि पहिलेको भन्दा फरक स्थानमा गाडिएको ८५ बर्षीय स्थानीय महाविर दासले बताउनु भयो ।  जतिपनि नेपाली जमिन छन् सबैमा अहिले स्तम्भ राख्न लागेका छन् ।

अहिले सम्म त नेपाली थियौं, अब हामी भारतीय कि नेपाली नागरिक ? दासले प्रश्न गर्नुभाये। अहिले निर्माण भईरहेको सीमा स्तम्भले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ मा मात्रै सार्वजनिक पर्ति र दर्ता रहेका ३० विगाह जमिन दशगजा र केही भारतमा पर्ने भएको छ ।

 

दुवैदेशबीचको सहमति अनुसार नक्शांकनको काम भएकोले यसमा भातरतर्फ पनि नम्बरी जग्गाहरु परेको र दुवैदेशले समाधान गर्ने सर्वेक्षण टोलीमा सहभागि रहेका कर्मचारीले बताएका छन् ।

सीमामा भूमि गुमाउनेहरुको लागि आ–आफ्ना नागरिकहरुलाई व्यावस्थापन गर्ने नेपालतर्फ जमिन गुमाएकाहरुलाई उचित व्यावस्थापन तथा मुआब्जाको व्यावस्था गरिने टोलीमा सहभागि एक सदस्यले बताए ।

३९२ नम्बरको जङगे पिल्लर अन्तर्गत बन्न लागेका २९ वटा सहायक सीमा स्तम्भ मध्ये १२ वटा सीमा स्तम्भ स्थानीयको लालपुर्जा भएको जग्गामा परेको छ ।

 

अहिले भोगचलन गरिरहेको भएपनि १८४० को नक्सा अनुसार हुने भएको हुँदा त्यसमा बाँझिएको हकमा नापी टोलीबाट विवरण प्राप्त भईसकेपछि नेपाल सरकारको नियमानुसार निर्णय हुने पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.