logo

सरकारी निर्णयका बिरुद्ध बिहिवार बीरगंज बन्द आव्हान  

      1/17/2018 गते 00 00 मा प्रकाशित     1919   पटक पढिएको


वीरगंज ३ माघ । सरकारले  प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बित्तिकै त्यसको  बिरोधमा प्रर्दशन शुरु भएका छन । बीरगंजमा सरकारी निर्णयका बिरुद्ध घण्टाघरमा टायर बालेर बिरोध प्रर्दशन भयो । 


सरकारी निर्णयको बिरोधमा संघीय समाजवादी फोरम नेपाल र राजपाले समेत कडा प्रतिक्रिया जनाए । दुबै संगठनले निर्णयको बिरोध गर्दै साँझ बीरगंजको माइस्थानमा प्रधानमंत्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका छन । 


प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउनु पर्ने माग गर्दै बीरगंजमा चरणबद्ध आन्दोलन जारी नै थियो । आज १३ औ दिन बीरगंजका चिकित्सकहरुले रिले अनशनमा आफनो सहभागिता जनाएका थिए ।


आन्दोलनको भावनाको अपमान गर्दै अस्थायी राजधानी जनकपुर तोकिएपछि  आन्दोलनरत बीरगंज सघंर्ष समितिले सरकारी निर्णय मान्य नहुने प्रतिक्रिया दिएको छ । सरकारको यो निर्णय मान्न सकिदैन समितिका संह संयोजक राजकुमार गुप्ताले भने बीरगंज राजधानी हुन नहुने तर्क सरकारले दिन सक्नु पर्छ । निर्णयको बिरोधमा आन्दोलन कडा पार्ने उनले बताए । उनले बिहिवार बीरगंजको बन्दको आव्हान गरिएको जानकारी दिए ।


प्रादेशिक राजधानीको माग गर्दै बिगत १३ दिन देखि वीरगंजको घण्टाघरमा रिले अनसन जारी रहदा पनि सरकारले कुनै वास्ता नगरेकोले बाध्य भएर बिहिवार बन्दको आह्वान गरिएको वीरगंज संघर्ष समितिका सह संयोजक गुप्ताले जनाए । 


बन्दको क्रममा एम्बुलेन्स, दमकल, कुटनैतिक नियोगका सवारी साधन, दुधको गाडी, अस्पतालको गाडी, सञ्चार माध्यमको सवारी साधन निर्वाद्ध रुपमा संचालन हुने समितिका प्रवक्ता ओमप्काश सर्राफले बताए ।


उद्योग, ब्यवपार, कलकारखाना, शैक्षिक संस्था, यातायात लगायत बजार पुर्ण ठप्प हुने उनले बताए । पर्सा, बारा लगायतको जिल्लाको विकास र समृद्धिको सवाल रहेकोले यो बन्दलाई सफल पार्न उद्योगी, व्यवसायी, व्यपारी, युवा वर्ग, राजनीतिक दल, किसान, शैक्षिक संस्था लगायत सम्पूर्णमा सर्वसाधारणमा सर्राफले आव्हान गरेका छन  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.