logo

राजधानी तोक्ने सरकारी निर्णयको विरोधमा वीरगञ्ज बन्द, जनजीवन प्रभावित

      1/17/2018 गते 00 00 मा प्रकाशित     1742   पटक पढिएको

बीरगंज ४ माघ। प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेसगै बीरगंजको राजनीतिक तापमान पनि बढेको छ । सरकारी निणैयको बिरोधमा बीरगंज बन्द गरिएको छ । बीरगंजलाई राजधानी बनाउने आन्दोलनलाई नौटकी भन्नेहरुले पनि सरकारी निर्णयको बिरोध गरेका छन । 

 

 वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिले रिले अनशन गर्दै आएको  थियो । तर सरकारी निर्णयले आन्दोलनकारीमा आक्रोशको संचार गराएपछि बन्द–हडतालको बाटो रोज्नु पर्ने अवस्था आएको समितिका सह संयोजक राजकुमार गुप्ताले बताए । 

 

बन्दकर्ताहरुले बिहानैदेखि सडक अवरुद्ध पारेर सवारी आवागमन ठप्प पार्दा जनजीवन प्रभावित बनेको छ । मुर्ली बाइपास घण्टाघर लगायतका चोकमा आन्दोलनकारीले बिहानै देखी सडकमा टायर बालेर प्रर्दशन गरिरहेको युवा नेता महमुद अन्सारीले जानकारी दिए ।

 

बन्दका कारण कलकारखाना, बजार र शैक्षिक संस्था पनि बन्द भएका छन ।  बन्दकर्ताहरुले एम्बुलेन्स, संचार कुटनीतिक नियोग दमकललगायतका अत्यावश्यकीय सवारी साधनको सञ्चालनमा भने कुनै अवरोध पुर्याएका छैनन् ।


सरकारले बुधबार प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेको हो ।  यसअघि संघर्ष समितिको आयोजनामा वीरगञ्जको घण्टाघरमा रिले अनशन चलिरहेको थियो ।

संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले मधेश आन्दोलनको केन्द्र रहेको वीरगञ्जलाई प्रादेशिक राजधानी नतोकेर यस क्षेत्रका नागरिकमाथि सरकारले अन्याय गरेकोले कडा आन्दोलनमा उत्रनु परेको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.