logo

पत्रकार महासंघको बैठक सम्पन्न सिफारिस समिति गठन,सेन्टरको आपत्ती  

      1/20/2018 गते 00 00 मा प्रकाशित     1289   पटक पढिएको

माघ ६ बीगंज । 
नेपाल पत्रकार महासंघका पर्सा शाखाको बैठक शनीवार सम्पन्न भएको छ । बैठकले स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशील पत्रकारिता पुरस्कार बितरण गर्न पुर्ब अध्यक्ष शत्रुघन नेपालको संयोजकतत्वमा तीन सदस्यीय सिफरिस समिति गठन गरेको छ ।

 

समितिमा अनुप तिवरी र भूषण यादब रहेका छन । समितिले दुई बर्षको लागि पुरस्कृत हुने पत्रकारको नाम सिफरिस गर्न १० दिनको समयसीमा तोकिएको छ ।

 

महासंघ पर्साको सदस्यता नबिकरण, शुद्धिकरण तथा नयाँ सदस्य बितरण छानबिन गर्न समेत उपसमिति गठन भएको छ । उपाध्यक्ष अनुप तिवारीको संयोजकत्वमा बनेको उपसमितिमा युवराज खडका, भूषण यादब, आर के पटेल, धु्रब साह, रामनारायण कुर्मी र बिजय कुशवाहा, शुष्मा शर्मा, संजीव मिश्र  रहेको उपसमिति गठन भएको छ । बैठक अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैवीच नेपाल पत्रकार महासंघका केही निर्णय प्रति प्रेस सेन्टर नेपालले आपत्ती जनाएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस सेण्टर नेपाल पर्सा शाखालाई नजअन्दाज गर्दै निर्णायक भूमिकामा सहभागि नगराउने पत्रकार महासंघको प्रवृत्तिप्रति प्रेस सेण्टर नेपाल पर्साको गम्भीर आपत्ति छ बिज्ञप्तिमा उल्लेख छ।

 

माघ ६ गते शनिबार बसेको पत्रकार महासंघ पर्साको बैठकले सदस्यता नबिकरण, शुद्धिकरण तथा नयाँ सदस्य बितरण छानबिन गर्न गठन गरेको उपसमितिमा प्रेस सेण्टरको तर्फबाट कसैलाई प्रतिनिधित्व नगराएकोमा सेन्टरले बिज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाउको छ ।

 

सेन्टरले पत्रकार महासंघले गठन गरेको उपसमितिमा हाम्रो असहमति रहेकोले यो निर्णय सच्याउन जोडदार माग गरेको छ । निर्णय नसच्याए हामी आन्दोलन गर्न समेत बाध्य हुने समेत सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.