logo

पाइपलाईन परियोजनाकोलागि भण्डारणस्थलमा पाइप आइपुग्यो

      1/25/2018 गते 00 00 मा प्रकाशित     1197   पटक पढिएको


वीरगन्ज, ११ माघ । पेट्रोलियम पदार्थको आपूर्तीकालागि प्रस्तावित पाइपलाई निर्माणकोलागि परियोजनाको भण्डार स्थल बीरगंजमा पाइप भित्रिन थालेको छ । 

 

    नेपालका लागि इन्धन आपूर्ति गर्न निर्माण गर्न लागिएको अमलेखजन्ज–रक्सौल–मोतीहारी इन्धन पाइपलाइन कालागि पाइप आउन थालेको हो । 


भारत महाराष्ट्रको मुम्बईस्थित पाइप उद्योगबाट पाईप लोड भएर आएको १० वटा लरी वीरगन्ज भन्सार कार्यालयबाट पहिलो लटमा भित्रिएको हो । एउटा लरीले ३२ देखि ३५ वटासम्म कालो स्टिल पाइप बोकेर वीरगन्ज चिनी कारखाना आवासक्षेत्र भित्र बनाईएको परियोजनाको सामग्री भण्डारण गर्ने गोदाममा आईपुगेको छ ।

 


पहिलो लटमा २ हजार ७ सय २४.२३ मिटर पाइप जाँचपास भएर आएको हो । ४ अर्ब २० करोड रुपैयाँ लागतको यो परियोजनामा भारतले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

 


मंगलबार झण्डै दुईकरोड बराबरको पाइपको जाँचपास गरिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी संतोष यादवले जानकारी दिनु भयो  । पाइपलाइन निर्माणका लागि आउने पाईपको भन्सार नलिन पत्राचार भएकोले त्यस अनुसार जाँचपास गरेर पाईप नेपाल भित्रिन दिएको सूचना अधिकारी यादवले बताउनु भयो  ।

 

पाइप लाइन परियोजना निर्माणको जिम्मा पाएको इन्डियन आयल कर्पोरेसनले भारतको मोतिहारीदेखि रक्सौल सम्मका लागि निर्माण गरिने पाईपहरु भने मोतिहारीमा अनलोड गरेको छ । 

 


बाँकी नेपाल तर्फ आवश्यक पर्ने पाईपहरु लिएर आएको १० गाडीले अहिले पाईप अनलोड गरेका छन् ।

 

नेपाल र भारतबीचको दुई देशीय सम्झौताअनुसार वीरगन्ज नाकाबाट भित्रिने पाइपलाइन निर्माणमा प्रयोग हुने सामानमा भन्सार शुल्क नलिनका लागि अर्थ मन्त्रालय र भन्सार विभागले आपसी समन्वय गरेकोले भन्सार नलिईकन चेकजाँच मात्रै गरेर पठाईएको सूचना अधिकारी यादवले बताउनु भयो ।

 

उद्योगबाट जनवरी १४ तारेखबाट नेपालका लागि हिँडेको लरी मंगलबार वीरगन्ज भन्सारमा आईपुगेको थियो । भन्सार पास भएपछि अहिले १० वटा लरीहरुमा ल्याईएको पाईप वीरगन्ज चिनी कारखानाको आवासक्षेत्र स्थित पाईपलाईन आयोजनाको भण्डारण स्थलमा अनलोड गरिएको छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.