logo

अनशनमा अस्थायी शिक्षकहरु,साँझ मशाल जुलुस भोली बीरगंज बन्द 

      2/3/2018 गते 00 00 मा प्रकाशित     1273   पटक पढिएको

वीरगंज २० माघ । 
सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बित्तिकै त्यसको  बिरोधमा बीरगंजमा शुरु भएको आन्दोलन अझै जारी छ । ३१ दिन राजधानीको माग गर्दै बीरगंजको घण्टाघरमा रिले अनशनमा अस्थायी शिक्षकहरु बसेका छन ।

 अनशनमा बसेका शिक्षकहरुलाई नेपाली कांग्रेस पर्साका पूर्व सभापति तथा पूर्व सासद राजेन्द्र बहादुर अमात्याले माला लगाएर अनशनमा बसाएका थिए ।


    
प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउनु पर्ने माग गर्दै बीरगंजमा चरणबद्ध आन्दोलन जारी नै छ । भोली अस्थायी राजधानी जनकपुरमा प्रदेश सभाको पहिलो बैठक बस्दै छ । यता आन्दोलनकारीहरुले भोली बीरगंज बन्दको आव्हान गरेका छन ।

 

राजधानीको माग गर्दै शुरु भएको आन्दोलनमा नागरिकको सहभागिता बढ्दो छ । आफनो शहरको बिषयमा राजपा र फोरम नेपालबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले केही नवोलेको भन्दै असन्तोषका आवाजहरु पनि सुनिन थालेका छन । 

 


बीरगंज सघंर्ष समितिको चरणबद्ध आन्दोलनको घोषणा गरे अनुसार आज साँझ बीरगंजमा मशाल जुलुस प्रर्दशन गरिने भएको छ । समितिले  बीरगंज राजधानी हुन नहुने तर्क सरकारले दिन सक्नु पर्ने बताएको छ । 

बन्दको क्रममा एम्बुलेन्स, दमकल, कुटनैतिक नियोगका सवारी साधन, दुधको गाडी, अस्पतालको गाडी, सञ्चार माध्यमको सवारी साधन शिक्षालयका सवारीहरु निर्वाद्ध रुपमा संचालन हुने एमालेका युवा नेता मनोज चौधरीले बताए ।  उद्योग, ब्यवपार, कलकारखाना, शैक्षिक संस्था, यातायात लगायत बजार पुर्ण ठप्प हुने उनले बताए ।

 

पर्सा, बारा लगायतको जिल्लाको विकास र समृद्धिको सवाल रहेकोले यो बन्दलाई सफल पार्न उद्योगी, व्यवसायी, व्यपारी, युवा वर्ग, राजनीतिक दल, किसान, शैक्षिक संस्था लगायत सम्पूर्णमा सर्वसाधारणमा समितिका प्रवक्ता ओम प्रकाश सर्राफले आव्हान गरेका छन  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.