logo

जनक्रान्तिको दिशामा अगाढि बढनुको बिकल्प छैन- नेता वली 

      2/6/2018 गते 00 00 मा प्रकाशित     1322   पटक पढिएको

बीरगंज २३ माघ । 
नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली “सुर्दशन”ले मुलुकमा एकिकृत जनक्रान्तिको आवश्यकता रहेको बताएका छन ।

 

बिपल्वले नेतृत्व गरेको पार्टीले बीरगंजमा आयोजना गरेको वर्तमान राष्ट्रीय परिस्थिति र राष्ट्रीयताको सवाल बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेता वलीले संसदीय चुनावबाट गरिवको राज्यसत्ता नआउने भन्दै उनले एकिकृतक्रान्तिको आवश्यकतामा जोड दिएका हुन ।

 

उनले राज्यसत्ताले नै महंगीबढाउने र भ्रष्टाचार गर्न छुट दिने गरेकोले यस्तो ब्यवस्थाले जनताको हित नगर्ने बताए । नेता वलीले यस्तो अत्याचारी ब्यवस्थाको बिकल्प बैज्ञानिक समाजवाद हो भन्दै बर्ग सर्घर्ष राष्ट्रीयताको आन्दोलन सगै जोडेर जनक्रान्तिको दिशामा अगाढि बढनुको बिकल्प नरहेको बताए । 

 


    कार्यक्रममा बोल्दै ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपालले आफ्नो माटोको रक्षाकालाजि जनता आफै उठनु पर्नेमा जोड दिए । उनले बीरगंजको छपकैयामा नेपाली भूमीमा गाडिएको सीमास्तम्भको चर्चा गर्दै घण्टाघरमा रिले अनशन बस्नेहरुले छपकैयाको माटोको बारेमा नवोलेको भन्दै चिन्ता ब्यक्त गरे ।

 

नेपालले अहिले दुई चार जनाको जमिन गयो भनेर बोलिएन भने भोलीका दिनमा आफनै जमिन जाने कुरा स्मरण गर्न आग्रह गरे । नेपाली सीमाको बिषयमा जानकार मानीने नेपालले भारतले अहिले सम्म सुगौली सन्धी पछिको नेपालको समेत १ हजार ३ सय वर्ग कि.मी.सीमा अतिक्रमण गरेको तथ्य प्रस्तुत गरे ।

 

भारतले कब्जा गरेको जमिन फिर्ता लिन हतियार लिएर लडनु नपर्ने बताउदै नेपालले भने “नेपालका नेताहरुले कुरा गरे पुग्छ तर कुरा गर्ने आँट भएका नेता मुलुकले पाएन ”। नेपालले नेपालको बैधानिक राज्य मंत्रीपरिषद नेपालको भौगोलिक राज्यको बिरुद्ध रहेको  चर्चा गर्दै मुटु कलेजोमा गाडे झै गाडिएको सीमा स्तम्भ उखाल्ने अभियानमा लागि रहने प्रतिवद्धता जनाए । 

 


    कार्यक्रममा छपैयामा आफनो जमिनमा भारतीय पक्षले सीमा स्तभ्म गाडेपछि चिन्तीत भएका छपकैयाबासीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमा राष्ट्रीय जनमोर्चाका हिमलाल पुरी चिरन पुन भाग्यनाथ गुप्ता डा हरेराम ठाकुर भगवानचन्द्र ज्ञवाली लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.