logo

जनक्रान्तिको दिशामा अगाढि बढनुको बिकल्प छैन- नेता वली 

      2/6/2018 गते 00 00 मा प्रकाशित     1434   पटक पढिएको

बीरगंज २३ माघ । 
नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली “सुर्दशन”ले मुलुकमा एकिकृत जनक्रान्तिको आवश्यकता रहेको बताएका छन ।

 

बिपल्वले नेतृत्व गरेको पार्टीले बीरगंजमा आयोजना गरेको वर्तमान राष्ट्रीय परिस्थिति र राष्ट्रीयताको सवाल बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेता वलीले संसदीय चुनावबाट गरिवको राज्यसत्ता नआउने भन्दै उनले एकिकृतक्रान्तिको आवश्यकतामा जोड दिएका हुन ।

 

उनले राज्यसत्ताले नै महंगीबढाउने र भ्रष्टाचार गर्न छुट दिने गरेकोले यस्तो ब्यवस्थाले जनताको हित नगर्ने बताए । नेता वलीले यस्तो अत्याचारी ब्यवस्थाको बिकल्प बैज्ञानिक समाजवाद हो भन्दै बर्ग सर्घर्ष राष्ट्रीयताको आन्दोलन सगै जोडेर जनक्रान्तिको दिशामा अगाढि बढनुको बिकल्प नरहेको बताए । 

 


    कार्यक्रममा बोल्दै ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपालले आफ्नो माटोको रक्षाकालाजि जनता आफै उठनु पर्नेमा जोड दिए । उनले बीरगंजको छपकैयामा नेपाली भूमीमा गाडिएको सीमास्तम्भको चर्चा गर्दै घण्टाघरमा रिले अनशन बस्नेहरुले छपकैयाको माटोको बारेमा नवोलेको भन्दै चिन्ता ब्यक्त गरे ।

 

नेपालले अहिले दुई चार जनाको जमिन गयो भनेर बोलिएन भने भोलीका दिनमा आफनै जमिन जाने कुरा स्मरण गर्न आग्रह गरे । नेपाली सीमाको बिषयमा जानकार मानीने नेपालले भारतले अहिले सम्म सुगौली सन्धी पछिको नेपालको समेत १ हजार ३ सय वर्ग कि.मी.सीमा अतिक्रमण गरेको तथ्य प्रस्तुत गरे ।

 

भारतले कब्जा गरेको जमिन फिर्ता लिन हतियार लिएर लडनु नपर्ने बताउदै नेपालले भने “नेपालका नेताहरुले कुरा गरे पुग्छ तर कुरा गर्ने आँट भएका नेता मुलुकले पाएन ”। नेपालले नेपालको बैधानिक राज्य मंत्रीपरिषद नेपालको भौगोलिक राज्यको बिरुद्ध रहेको  चर्चा गर्दै मुटु कलेजोमा गाडे झै गाडिएको सीमा स्तम्भ उखाल्ने अभियानमा लागि रहने प्रतिवद्धता जनाए । 

 


    कार्यक्रममा छपैयामा आफनो जमिनमा भारतीय पक्षले सीमा स्तभ्म गाडेपछि चिन्तीत भएका छपकैयाबासीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमा राष्ट्रीय जनमोर्चाका हिमलाल पुरी चिरन पुन भाग्यनाथ गुप्ता डा हरेराम ठाकुर भगवानचन्द्र ज्ञवाली लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.