logo

राष्ट्रपती द्धारा उद्घाटीत सन्तपुरको नमुनाबस्ती समुदायलाइ हस्तान्तरण

      2/6/2018 गते 00 00 मा प्रकाशित     1309   पटक पढिएको

चन्द्रपुर २३ माघ ।
 रौतहटको चन्द्रपुर नगरपालिकाको वडा न ं ८ स्थित सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गरेको नमुनाबस्ती एक भब्य समारोहकावीच समुदायलाइ हस्तान्तरण गरीएको छ । 
बाढी पीडितहरुकोलागि निमार्ण गरीएको एकिकृत नमुनाबस्ती  राष्ट«पती बिधादेवी भण्डारीले उद्घाटन गरेकी छिन ।

राष्ट«पती भण्डारीले नमुनाबस्तीको मुख्यद्धारमा  रिवन काटेर उद्घाटन गर्दै बसतीको साँचो निमार्ण समितिका अध्यक्ष सत्यनारायण माझी मुसहरलाइ बुझाएकी हुन  ।

 राष्ट«पती भण्डारीले वालमैत्री, अपाग मैत्री र वाताबरण मैत्री सुन्दर बस्ति निमार्ण गरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेशन लाइ धन्यवाद दिएकी छिन ।

उनले घरको घरहरुलाइ बिस्तापित गर्दै सवै नेपालीलाइ न्यूनतम सुबिधायुक्त आवासको व्यवस्थागर्नु सरकारको कर्तव्य भएको बताएकी छिन ।


बरिष्ठ कलाकार हरीवंश आचार्यले राम्रो काम गर्ने मानिस कहिल्यै नमर्ने भन्दै धुर्मुस सुन्तलीले मानविय सेवा गर्ने सपनालाइ पुरा गर्दै आएको बताएका छन । 

चाडपर्वको बिचमा पर्वहरु नमनाउदै हरेक दिन पर्व नै आएको महशुस गर्दै, हरेक दिन उत्सव जसरी मनाउदै एकसय १५ दिनमा बस्ति हस्तान्तरण गर्न पाएको मा सवैभन्दा ठुलो पर्व र खुशीको दिन भएको फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले सुनाए ।

 बस्ती निमार्ण गर्दा आफुले आफैलाइ बिर्सेर काम गरेको र यसरी नै सरकारले देश विकासका लागी  काम गर्दीएको भए आज  यस्ता चार वटा नमुना बस्ति ठड्याउनु पर्ने अवस्था नै आउने थिएन होला भन्दै काममा बिश्वास गर्न समेत उनले सवै संग आग्रह गरेका छन ।

कुनै दिन १७ सय रुपैया खल्तीमा बोकेर राजधानी छीर्दा कुनै सपना र योजना थिएन कट्टेलसंग । पबित्र उदेश्य र निस्वार्थ भावना लिएर अगाडी बढ्दा सहयोगी हातहरु धेरै पाइने र एक व्यक्तिले थालेको अभियानमा दुइबर्षको छोटो अवधीमा चार वटाबस्ती निमार्णमा १७ करोड भन्दा बढी असाधारण आर्थीक सहयोग जुटेकोमा उनी आफू पनि दंग छन । 

सरकारले आफुहरुलाइ सरसफाइ दुत र पुर्ननिर्माण दुतको सम्मान दिएको बताउदै आफुहरु नाम र पद भन्दा पनि काममा रमाउन चाहाने भएकाले सरकारले काम दिनुपर्ने उनले बताएका छन ।

यो काम सरकारलाइ चुनौती नभइ विपतको घडीमा आम नेपालीले गर्नुपर्ने कर्तव्य र सरकारलाइ सहयोग गरेको उनले बताएका छन ।

आगामी दिनमा धुर्मुस सुन्तली फाउन्डेशनले नमुना नेपाल निमार्ण गर्ने जानकारी दिदै नमुना नेपाल त हामी बनाउछौ तर साच्चिकै समृद्ध नेपाल सरकारले बनाओस भन्ने आफुहरुको चाहाना रहेको धुर्मुसको भनाइ छ ।

फाउन्डेशनकी उपाध्यक्ष तथा हास्य कलाकार कुन्जना घिमिरे सुन्तलीले फाउन्डेशनले निमार्ण गरेको चार वटा एकिकृत नमुनाबस्ती र त्यस बस्तीमा आएको सकारात्मक परीवर्तनले मानविय सेवामा अझै सकृय रहनका लागी प्रेरीत गरेको बताएकी छिन ।

५ करोड ९५ लाखको लागतमा निमार्ण भएको  नमुना बस्तिमा ४७ वटा आवसिय घर ,  वाल विकास बिद्यलय, बाल उद्यन, सार्वजनिक शौचालय, मन्दिर , भ्यू टावर , खानेपानीको धारा, बाटो निमार्ण गरीएको छ ।

गएको असोज २८ गते बाट निमार्ण थालिएको बस्ती एकसय १५ दिनमा समुदायलाइ हस्तान्तरण गरीएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.