logo

पप्पु कन्स्ट्रक्सनको लापरवाहीले सडक दुर्घटनामा एकको ज्यान गयो 

      2/7/2018 गते 00 00 मा प्रकाशित     1777   पटक पढिएको

कलैया, २४ माघ । सडकमा खसालिएको धूलोका कारणले कलैया वीरगंज सडक खण्ड अन्तर्गतको सिसहनीयामा बुधबार ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु समेत भएको छ ।

 

कलैयाबाट घर जाँदै गरेको अवस्थामा पछाडीबाट ट्रयाक्टरले ठक्कर दिँदा सोही स्थान बस्ने जीवत ठाकुरकी १६ बर्षीया छोरी नीभा ठाकुरको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

 

ठाकुरलाई ना १ त १४१० नम्बरको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए । ठक्करबाट ठाकुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई रहेको छ । ठक्कर दिने गाडी तथा चालक राजकुमार सहनी प्रहरीको नियन्त्रणमा रहेको छ ।

 

ठक्करबाट ठाकुरको मृत्यु भएपछि त्यसको विरोधमा मृतकका आफन्त र स्थानीयबासीले केहिबेर चक्का जाम समेत गरेका थिए । सडक निर्माणको क्रममा खसालिएको माटोको धुलोले बाटो काट्ने क्रममा नदेखिएपछि निभालाई ट्याक्टरले ठक्कर दिएको र उनको ज्यान गएको स्थानीयले बताएका छन् ।

 

हुलाकी राजमार्ग निर्माणका लागि ठेकेदारले खसालेको माटोका कारण कलैया वीरगन्ज सडकखण्डमा सवारी दुर्घटनाको जोखिम बढेको छ । हुलाकी राजमार्गसँग जोडिने सहायक मार्ग कलैया वीरगन्ज सडक खण्डमा खसालेको माटोको धुलो उडेर सडक नै ढाक्ने गरेका कारण अहिले सर्वसधारणलाई आवत जावत गर्न सास्ती मात्रै होईन सडक दुर्घटनाका कारण सर्वसाधारणको ज्यान समेत गएको छ ।

 

१५ मिटर चौडाई भएको सडक निर्माणको कन्स्ट्रक्सनले जिम्मेवारी पाएपछि केहि दिन अगाडीबाट काम गर्न शुरु गरेको छ । काम शुरु गर्दै पप्पु कन्स्ट्रक्सनले कलैया वीरगन्ज सडक खण्डमा खसालेको माटोको धूलो उडेर बाटो नै नदेखिदा दुर्घटना समेत भएको छ ।

 

सडकमा खसालिएको माटोको धूलोले सर्वसधारणको स्वास्थ्यमा समेत असर परेको सर्वसाधारणको गूनासो छ । पर्साको प्रतिमा चोकदेखि बाराको बरियारपुरसम्मको हुलाकी सडक निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनले सडकमा माटो खसाल्न शुरु गरेको र माटोको धूलोले सडकमा आवतजावत गर्ने सवारी साधन र यात्रुहरुलाई समस्या हुने गरेको हो ।

 

१५ मिटर चौडाईको हुलाकी सडकलाई केहीदिन अघि मात्र कलैया उपमहानगरपालिकाको सर्वदलीय बैठकबाट कलैया वीरगन्ज खण्डमा ३० मिटर चौडाई बनाउन माग गर्ने निर्णय गरेको थियो । अहिले हुलाकी सडक निर्माणका लागि धमाधम माटो खसाल्ने काम भईरहेको छ ।

 

माटो सडकमा खासालेपछि उडेको धुलोले सडक नदेखिने र सवारी दुर्घटना हुने गरेको सवारी चालकहरुले बताएका छन् ।  धुलाम्य सडकमा सवारीले ठक्कर दिएर सर्वसाधारणले ज्यान समेत गुमाएपनि स्थानीय प्रशासन भने यसप्रति गम्भीर नभएको स्थानीयको आरोप छ ।

 

यस विषयमा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरसँग सम्पर्क गर्दा निर्माणका लागि खसालिएको धूलोलाई केही गर्न नसक्ने जवाफ दिएका छन् । सडकमा खसालिएको माटोको धूलो उड्न नदिन पानी पटाउन सक्ने भएपनि प्रमुख जिल्ला अधिकारी मानन्धरको अभिव्यक्तिले सर्वसाधरण जो कोहीलाई पनि विझाउन सक्छ ।

 

उनले भने, “सडक निर्माण गर्न खसालेको माटोको धूलो उड्छ भने के गर्ने त ? सडक निर्माण नै रोक्ने ?” माटो खसालेकै कारण धुलाम्य सडकमा सवारी चलाउदा सर्वसाधारणले ज्यान गुमाउनु परेको भएपनि सम्बन्धित ठेकेदार र स्थानीय प्रशासनले दिएको गैरजिम्मेवारी अभिव्यक्तिले भने सर्वसाधारण दुखी बनेका छन् ।    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.