logo

मुआव्जा प्रति असन्तुष्ट जग्गाधनीहरु आन्दोलीत, आईसीपीको निर्माण कार्य प्रभावित 

      2/9/2018 गते 00 00 मा प्रकाशित     1787   पटक पढिएको


माघ २६ बीरगंज ,  । एकीकृत भन्सार जाँच चौकी निर्माणकालागि जग्गा अधिग्रहण गरिएका जग्गाधनीहरुले आन्दोलन शुरु गरेका छन । उनीहरुले  पाएको मुआव्जाप्रति असन्तोष जनाउदै निर्माणको अन्तिम चरणमा आन्दोलन शुरु गरेका हुन । उनीहरुको आन्दोलनका कारण निर्माण कार्य समेत प्रभावित भएको  छ । 


जग्गाधनीहरुको सघर्ष समितिले शुक्रबारदेखि आईसीपी नेपालको मूल गेटमा धर्ना दिएर आन्दोलन शुरु गरेका छन ।  उनीहरूले बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म  मूल गेटमा धर्ना दिएका हुन् ।

 

सरकारले ०६२ र ०६३ सालमा ३ सय ४६ जना जग्गा धनीको १ सय १० विगाहा जमिन रोक्का राखेर ०६५ सालको साउनदेखि मुआब्जा वितरण सुरु गरेको थियो ।

जग्गाधनीहरूले तत्कालिन अवस्थामा अब्बल, दोयम, सीम, चहार गरी क्रमश  ७३ हजार, ७२ हजार, ७१ हजार, एवं ७० हजार  मुआब्जा लिईसकेका छन् ।

संघर्ष समितिले नेपाल सरकारद्वारा गठित सरकारी समितिले सिफारिस गरेको जग्गाको मोल प्रतिकठ्ठा ५ लाख ६२ हजार ७ सय रुपैयाँ उल्लेख गरेकामा ०६७ सालदेखिको ब्याजसहित क्षतिपूर्ति रकम उपलब्ध गराउनुपर्ने, परियोजना भित्र प्रभावित प्रति परिवारका लागि एक रोजगारको व्यवस्था गर्नुपर्ने, आईसीपी बाहिर उत्तर पश्चिमको ग्रेभल सडक एवं कच्ची नाला तत्काल पीच एवं पक्की हुनुपर्ने लगायतका माग राखेको छ ।

 

४ बुँदे माग राखेर संघर्ष समितिले गत मंगलवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

 

आफूहरूको माग पूरा नगरिए आगामी बुधवारदेखि आईसीपीको मूख्य गेटमा तालाबन्दी गरी अनिश्चितकालिन धर्ना बस्ने चेतावनी संघर्ष समितिले दिएको छ ।

भारततर्फको आईसीपीको निर्माण सम्पन्न भईसकेको लामो सयम भईसक्दा पनि नेपालतर्फको काम सम्पन्न हुन सकेको छैन् ।

आवासीय जग्गालाई तीन वर्ष रोक्का राखेर किसानलाई परिबन्दमा पारी कम मुआब्जा वितरण गरिएकोले विरोध गर्नुपरेको संघर्ष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले बताए ।

भारत सरकारले भारतीय क्षेत्रमा सोही परिमाणको जग्गाको अधिग्रहण गर्दा उच्च क्षतिपूर्ति दिएको तर आफूहरूले क्षतिपूर्ति रकम वृद्धि गर्न माग राख्दा सुनुवाई नभएको समितिको गुनासो छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.