logo

बन्द हडतालविरुद्ध शान्तिपूर्ण ¥याली,  अवरोध बिरुद्ध बिद्यालय बन्द 

      2/9/2018 गते 00 00 मा प्रकाशित     1078   पटक पढिएको

माघ २६ सुवर्णपुर ।
पर्साको ठोरी गाउँ पालिका वडा नं ४  र ३ मा आ-आफना मागहरु लिएर  वडावासीहरु आन्दोलीत छन । वडा नं ४का बासिन्दाहरु वडा नं ५ का बासिन्दाले गर्दै गरेको आन्दोलनको बिरुद्ध आन्दोलीत छन । गाउँपालिकाको केन्द्रको माग गर्दै आन्दोलीत वडा नं ३ का बासिन्दाले भने शुक्रवार देखी बिद्यालय बन्द गरेका छन ।

 

 वडा नं ४का बासिन्दाहरुले आज बन्द हडताल विरुद्ध शान्ति ¥याली निकालेका छन् । उनीहरुले विद्युत् पोल ढाल्नेलाई  कार्वाही गर बन्द हडताल  फिर्ता गर ,गाउँ पालिकाको सम्पत्ति जलाउनेलाई कार्वाही गर जस्ता नाराहरु लगाउँदै गाउँ परिक्रमा गरेका थिए ।

 

वडा नं ४ को मिलचोकबाट सुरु भई गुम्बालाइन , विजयबस्ती , गोपीबस्ती हुँदै मालीबस्तीसम्म पुगी पुनः विजयबस्ती , फायरलाइन , विशालचोक हुँदै मिलचोकमा समापन भएको थियो ।

 

 निरन्तरको बन्द हडतालले जनजीवनलाई कष्टकर बनाउँदै लगेको हुँदा त्यस्तो बन्द फिर्ता लिन र वार्ताद्वारा समस्याको समाधान खोज्न आव्हान गर्दै आज शान्ति र्यालीको आयोजना गरिएको र्यालिमा सहभागीहरुले जनाएका छन।

यसैवीच गाउँपालिका केन्द्रको माग राखेर आन्दोलनमा उत्रिएको वडा न ३ को संघर्ष समितिले आजबाट बिधालय बन्द गराएको छ।बन्दकर्ताहरुले बिहानैदेखि ब्रम्हानगर ,बुद्धनगर लगायतका मुख्य चोकहरुमा नाराबाजी गरेका थिए ।

 

मिलचोकमा शान्तिपुर्ण बिरोध कार्यक्रममा हस्तक्षेप भएको भन्दै बन्द सशक्त पार्न आजबाट बिद्यालय बन्द गरिएको आन्दोलनकारीहरुले जनाएका छन् ।यस वडामा पर्ने एउटा मावि सहित ५ वटा सामुदायिक र ३ वटा निजि बिधालयहरुको पठनपाठन आजबाट ठप्प भएको छ।

 

आज दिउँसो मात्र संघर्ष समितिले वडा न ३ का निर्वाचित प्रतिनिधिहरु संग आफ्नो माग र आन्दोलनका कार्यक्रमबारे अन्तरक्रिया गरेको थियो।

 


उता माघ १५ को ठोरी गाउँपरिषदको निर्णय खारेजीको माग राखेर आन्दोलनरत सुवर्णपुरबासिहरुले आज ११ औं दिन पनि आन्दोलन जारी राखेका छन् ।

 

केही दिनअघि मिलचोकमा शान्तिपुर्ण आन्दोलनमा अबरोध गरेको आक्रोशमा गाउँपालिका कार्यालयमा तोडफोड र फर्निचरमा आगजनी गरेका आन्दोलनकारीहरुले आज लाठी जुलुस निकालेका हुन।सुवर्णपुरको आन्दोलनकारी र ठोरी गाउँपालिका बिच पहिलो चरणको वार्ता सम्पन्न भैसकेको छ र एकसाता भित्र दोस्रो चरणको वार्ता गरिने सहमति भएको थियो।

 


यसैबीच ठोरी गाउँपालिकामा माघ १५ को परिषदको निर्णयको समर्थन र बिरोधमा दिनहुुँ प्रदर्शन हुन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।शान्तिपुर्ण कार्यक्रममा कुनै अप्रिय घटना नहोस भनेर प्रहरी सचेत भएको भन्दै बिरोध कार्यक्रम हुने स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.