logo

पत्रकार गौतम र खडका पुरस्कृत हुने 

      2/12/2018 गते 00 00 मा प्रकाशित     1274   पटक पढिएको

कलैया,२९ माघ । बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको स्वर्गीय उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार गोकुल घोरसाइनेलाई प्रदान गरिने भएको छ । 


२०७२ सालबाट स्थापना गरिएको उक्त पुरस्कारबाट नेपाल समाचारपत्र सहित बिभिन्न संचारमाध्याममा आवद्ध घोरसाइनेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । नेपाल पत्रकार माहासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय,काब्य प्रकाशन समूहका प्रवन्ध निर्देशक दुष्यन्त चौधरी सहित बाराका बरिष्ठ पत्रकारहरुको उपस्थितिमा सोमबार सम्पन्न भएको बैठकले यो बर्षको उमादेवी(जानकी) पत्रकारिता पुरस्कारबाट घोरसाइनेलाइ पुरस्कृत गर्न लागिएको हो ।

 

कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी एवम् कृपा दैनिक पत्रिकाका सम्पादक कमल कुमार उपाध्यायकी ममतामयी माता स्वर्गीय उमा(जानकी)देवी उपाध्यायको नाउँबाट स्थापना गरिएको नवजान कल्याण कोषले रु.३० हजार नगद सहित सम्मान गर्न लागेको हो   । जानकी उपाध्यायको २०७१ साल श्रावण १५ गते निधन भएपछि उहाँकै संझनामा कृपा दैनिक पत्रिकाले स्वर्गीय उमा(जानकी)देवी पत्रकारिता पुरस्कार स्थापना गरेको हो । 

 


    यसैबीच कृपा दैनिक पत्रिकाले नै स्थापना गरेको स्वर्गीय चन्द्रप्रसाद खनाल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार एवम् समाजसेवी बिदुर खड्कालाई प्रदान गरिने भएको छ । कृपा दैनिकका संस्थापक सहसम्पादक कृष्णउदास खनालका पिता चन्द्र प्रसादको स्मृतिमा कृपा दैनिकले २०६८ सालमा उक्त पुरस्कार स्थापना गरेको हो । रु. पाँच हजार राशी रहेको सो पुरस्कार पनि खड्कालाई प्रदान गर्ने निर्णय सोमबार नै काब्य प्रकाशन समूहले गरेको कृपा दैनिक पत्रिकाकी प्रकाशक सबिता चालिसेले जानकारी दिनुभयो । २०५८ साल मंसिर १६ गते तत्कालिन शाही नेपाली सेनाले चन्द्र प्रसाद खनाललाई बेपत्ता बनाएको थियो । 
कृपा दैनिक पत्रिकाको १५ औं बार्षिकोत्सवको अवसरमा यही फागुन १२ गते बाराको सिमरामा बृहत कार्यक्रम आयोजना गरी दुबैजना पत्रकारलाई पुरस्कृत गरिने पत्रिकाकी प्रकाशक चालिसेले जानकारी दिनुभयो । कृपा दैनिक पत्रिकाको १५ औं बार्षिकोत्सव फागुन ४ गतेबाट शुरु भइ १२ गते सम्म मनाइने निर्णय पत्रिका परिवारले गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.