logo

पत्रकार गौतम र खडका पुरस्कृत हुने 

      2/12/2018 गते 00 00 मा प्रकाशित     1202   पटक पढिएको

कलैया,२९ माघ । बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको स्वर्गीय उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार गोकुल घोरसाइनेलाई प्रदान गरिने भएको छ । 


२०७२ सालबाट स्थापना गरिएको उक्त पुरस्कारबाट नेपाल समाचारपत्र सहित बिभिन्न संचारमाध्याममा आवद्ध घोरसाइनेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । नेपाल पत्रकार माहासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय,काब्य प्रकाशन समूहका प्रवन्ध निर्देशक दुष्यन्त चौधरी सहित बाराका बरिष्ठ पत्रकारहरुको उपस्थितिमा सोमबार सम्पन्न भएको बैठकले यो बर्षको उमादेवी(जानकी) पत्रकारिता पुरस्कारबाट घोरसाइनेलाइ पुरस्कृत गर्न लागिएको हो ।

 

कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी एवम् कृपा दैनिक पत्रिकाका सम्पादक कमल कुमार उपाध्यायकी ममतामयी माता स्वर्गीय उमा(जानकी)देवी उपाध्यायको नाउँबाट स्थापना गरिएको नवजान कल्याण कोषले रु.३० हजार नगद सहित सम्मान गर्न लागेको हो   । जानकी उपाध्यायको २०७१ साल श्रावण १५ गते निधन भएपछि उहाँकै संझनामा कृपा दैनिक पत्रिकाले स्वर्गीय उमा(जानकी)देवी पत्रकारिता पुरस्कार स्थापना गरेको हो । 

 


    यसैबीच कृपा दैनिक पत्रिकाले नै स्थापना गरेको स्वर्गीय चन्द्रप्रसाद खनाल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार एवम् समाजसेवी बिदुर खड्कालाई प्रदान गरिने भएको छ । कृपा दैनिकका संस्थापक सहसम्पादक कृष्णउदास खनालका पिता चन्द्र प्रसादको स्मृतिमा कृपा दैनिकले २०६८ सालमा उक्त पुरस्कार स्थापना गरेको हो । रु. पाँच हजार राशी रहेको सो पुरस्कार पनि खड्कालाई प्रदान गर्ने निर्णय सोमबार नै काब्य प्रकाशन समूहले गरेको कृपा दैनिक पत्रिकाकी प्रकाशक सबिता चालिसेले जानकारी दिनुभयो । २०५८ साल मंसिर १६ गते तत्कालिन शाही नेपाली सेनाले चन्द्र प्रसाद खनाललाई बेपत्ता बनाएको थियो । 
कृपा दैनिक पत्रिकाको १५ औं बार्षिकोत्सवको अवसरमा यही फागुन १२ गते बाराको सिमरामा बृहत कार्यक्रम आयोजना गरी दुबैजना पत्रकारलाई पुरस्कृत गरिने पत्रिकाकी प्रकाशक चालिसेले जानकारी दिनुभयो । कृपा दैनिक पत्रिकाको १५ औं बार्षिकोत्सव फागुन ४ गतेबाट शुरु भइ १२ गते सम्म मनाइने निर्णय पत्रिका परिवारले गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.