logo

हुलाकी सडकको निर्माण कार्यमा अवरोध सिर्जना 

      2/16/2018 गते 00 00 मा प्रकाशित     1439   पटक पढिएको

बीरगंज ४ फाल्गुण ।
तराई मधेसको लाइफ लाइनका रुपमा रहेको हुलाकी सडकको निर्माण कार्यमा अवरोध सिर्जना भएको छ ।

 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक हजार सात सय ९२ किलोमिटर लम्बाइको हुलाकी सडक अन्तर्गत पर्सामा ६० किलोमिटर सडक खण्ड पर्छ। पहिलो खण्डमा पर्ने साविकको बहुअर्वाभाठा गाविस र हालको बिन्दवासनी गाउँपालिकाका ४० भन्दा बढी जग्गा धनीले सरकारले तोकेको मुआब्जा अत्यन्तै कम भएकाले मुआब्जा बुझ्न मानेका छैनन् ।

 

बहुअर्वाभाठामा हुलाकी सडकका लागि स्थानीयका ३० कठ्ठा जग्गा अधिग्रहण गरिएको छ । पर्सामा हुलाकी सडकको वीरगन्जको प्रतिमा चोकदेखि सेढवासम्म ३० किलोमिटर र सेढवादेखि ठोरीको चौतारासम्मको ३० किलो मिटर गरि दुई खण्डमा गरी ठेक्का लगाइएको छ ।

 

वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडकको ठेक्का पप्पु कन्ट्रक्सनले एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार सात सय २७ रुपैयाँमा र सेढवादेखि ठोरीसम्मको हुलाकी सडक निर्माणको ठेक्काका लागि बानिया जेभीले एक अर्ब दुई करोड ९६ लाख रुपैयाँमा सहमती गरेको छ ।

 

दुवै खण्डको हुलाकी सडकको शीलान्यास गरी निर्माण कार्य थालिए लगत्तै केही स्थानमा स्थानीयले मुआब्जाको माग गर्दै आन्दोलन थालेपछि काममा अवरोध भएको हो । वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडक खण्डको बहुअर्वामा र सेढवादेखि ठोरीसम्मको हुलाकी सडकखण्डको बाघमोर्चामा स्थानीयले मुअब्जाको माग र सेवा केन्द्र सार्न लागिएको गाउँ पालिकाको निर्णयको बिरुद्ध माघ १६ गते देखि जारि आन्दोलनले काममा अवरोध भएको हो।

 

स्थानीयको अवरोधका कारण दुवै स्थानमा हुलाकी सडकको काम रोकिएको हो। तर पर्साका प्रमुख जिल्ला अधिकारि बिनोद प्रकाश सिंह ले भने मुआब्जाको बिषयमा र आन्दोलन को बिषयमा आफुले माथिलो निकायमा जानकारी गराइसकेकोले मुआब्जा र आन्दोलनको बाहानामा हुलाकी सडकको निर्माण कार्यमा अवरोध नगर्न जिल्ला बासीसग आग्रह समेत गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.