logo

साबधान! भुलेर पनि नखानुस् वाईवाई

      2/24/2018 गते 00 00 मा प्रकाशित     1000   पटक पढिएको

काठमाडौँ । नेपालमा सर्वाधिक बिक्री हुदै आएको चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसायन विषदीयुक्त रहेको भेटिएको  छ । सोही कारण भारतमा सो चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको छ ।

बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित वाईवाई चाउचाउमाथि भारत सरकारले प्रतिबन्ध लगाइएको हो । नेपाली ब्रान्ड  मानिने वाईवाई चाउचाउमा धेरै अखाद्य तत्व रहेको पुष्टि भारतको तामिलनाडुस्थित खाद्य प्रयोगशालाले गरेको अनुसन्धानबाट खुलेको हो ।तामिलनाडुको खाद्य प्रयोगशाला ले गरेको अनुसन्धान अनुसार वाईवाई चाउचाउमा ७ दशमलव ४३ गुणा बढी लिड (शिशा) रहेको भेटिएको छ । लिडको मात्रा सबै चाउचाउमा हुने गर्दछ, तर २ दशमलव ५ पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विषादी सरह मानिन्छ । वाईवाई चाउचाउमा २५ दशमलव ४५ पीपीएम लिड रहेको पुष्टी सो प्रयोगशालाले गरेको हो । लिडको मात्रा २ दशमलव ५ प्रतिशतभन्दा बढी भएको खाद्यवस्तु सेवन गर्दा शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सरले आक्रमण गर्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू साँघुरिँदै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुनिने, मुत्रासयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोगहरू देखा पर्दछन् ।

साथै, गर्भवती तथा प्रजनन् उमेरका महिलाहरूमा यस्तो लिडले सबैभन्दा ठूलो समस्या निम्त्याउने चिकित्सकहरूले जनाएका छन् । वाईवाई चाउचाउको प्रयोग बढेसँगै दक्षिणी भारतमा पाठेघर खस्ने, महिनावारी गडबड हुने, गर्भपतन हुने, सुस्तमनस्थितिको बच्चा जन्मने, महिनाबारी भएका बेलामा पेट दुख्ने, योनिबाट सेतो पानी बगिरहने लगायतका समस्या बढी देखिएपछि सो चाउचाउको बिक्री वितरणमा रोकनै लगाएको हो । एकाएक यस्ता विरामी बढेपछि हरेक खाद्य सामग्रीको परीक्षण सुरु गरिएको थियो । विशेषगरी जंक फुडहरूले यस्तो समस्या निम्त्याउने चिकित्सकहरूले बताउँदै आएपनि अत्याधिकमात्रामा बाईबाई चाउचाउ खानेहरुमा सो समस्या देखा परेको अनुसन्धानबाट खुलेको छ । चाउचाउमा अखाद्य तत्वको मात्रा भेटिएपछि तत्काल प्रतिबन्ध लगाएर वाईवाई चाउचाउमा परीक्षण गर्दा कहालीलाग्दो परिणाम देखिएको तामिलनाडुमा भएको परिक्षण रिपोटमा भनिएको छ ।

खाद्यविद्का अनुसार चाउचाउमा पाइने लिडले सबैभन्दा छिटो असर स्नायु प्रणालीमा पु¥याउने गरेको जनाएका छन् । हेर्दा आकर्षक र स्वादिलो बनाउन चाउचाउमा २० प्रकारका रसायनहरू प्रयोग गरिदै आएको छ, ती सबै रसायनहरू अखाद्य हुन् । वाइबाई चाउचाउमा अरु चाउचाउले समेत प्रयोग नगरिएको अखाद्य रसायन मोनोसोडियम ग्लुकोमेट समावेश गरिएको भेटिएको छ । मोनोसोडियम ग्लुकोमेट रसायनले टाउको दुख्ने, आँखा कमजोर हुने, श्रवण शक्ति नै गुम्ने, जिब्रोले स्वाद पाउन छाड्नेलगायतका समस्या उत्पन्न हुने गर्दछ । यसैगरी, आकर्षक देखाउन सिन्थेटिक (एक प्रकारको प्लास्टिक) समेत वाईवाई चाउचाउमा प्रयोग गर्ने गरिएको फेला परेको छ ।

जसले बच्चाहरूलाई बढी असर पु¥याउने विज्ञहरूले जनाएका छन् । जसका कारण बच्चालाई एलर्जी हुने, त्यही चाउचाउबाहेक अरु खानेकुरा नरुच्ने, स्मरण शक्ति कमजोर हुने, पढाइमा ध्यान नजाने, छिटो रिसाउने, एकलै बस्ने, एकोहोरो हुनेलगायतका समस्या देखा पर्दछन् । यसैगरी, वाईवाईमा बीएचए र बीएचटी जस्ता डरलाग्दा रसायनसमेत भेटिएको छ । यी चाउचाउमा प्रयोग हुने तेलमा यस्ता डरलाग्दा रसायनहरू फेला परेका हुन् । यी रसायनहरूलाई क्यान्सरको स्रोत नै मानिन्छ । यसैगरी, वाईवाईमा स्वाद बढाउनका लागि अजिनोमोटो नामक रसायन पनि अत्यधिक मात्रमा प्रयोग गरिएको पाइएको छ । नुन नमिसिँदासम्म अजिनोमेटो रसायन खासै हानिकारक मानिँदैन, तर यो रसायनमा नुन मिसिनासाथ तेजाब जस्तै अर्को रसायन बन्छ । जसले आन्द्रा र पेटमा प्वाल पार्ने, अपच हुने, कब्जियत बढ्ने, स्वास फेर्ने गाह्रो हुँदै जाँदा दमको रोग उत्पन्न हुनेलगायतका समस्या उत्पन्न हुने विज्ञहरुको दाबी रहेको छ

खानेकुराका नाममा विषादी बिक्री वितरण भएर देशभरका अस्पताल भरिएपछि भारतले बिक्रीमा प्रतिबन्ध लगाएपनि नेपालमा भने सो चाउचाउको कुनै परिक्षण गरिएको छैन । नेपालमा वाईवाई चाउचाउलाई विना कारबाही बिक्री बितरण गर्न दिइएको छ । वाईवाई चाउचाउ उत्पादन गरेर विष बेच्ने गरेका विनोद चौधरीको अबैध कारोबारमाथी भने सरकारले कुनै कारबाही नगर्दा नियन्त्रण हुनेभन्दापनि झन तीब्रहुदै गएको प्रति उपभोक्ताअधिकारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.