logo

पटेर्वा सुगौली गाउँपालिका खुलादिशामुक्त घोषणा

      2/26/2018 गते 00 00 मा प्रकाशित     883   पटक पढिएको

फागुन १४ बीरगंज ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकालाई सोमवार एक भब्य समारोहकावीच आयोजीत एक कार्यक्रममा खुलादिशामुक्त गाउँपालिकाको रुपमा घोषणा गरिएको छ । 

 


गाउँपालिकाको वडा नं ५ निचुटाको नेपाल राष्ट्रीय मा.वि.को प्राङ्गणमा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य हरिनारायण रौनीयारले गाउँपालिकालाई खुला दिशामुक्त घोषणा गरेका हुन । 

 


वडा नं ५का वडाध्यक्ष मोतीलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सदस्यहरु प्रहलाद गिरी ,मन्जुर आलम, गाउँपालिकाका प्रमुख हरिनारयण चौधरी, उपप्रमुख ममता महतो ,स्थानीय प्रमोद उपाध्याय लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 


कार्यक्रममा वडा तथा गाउँपालिकालाई खुलादिशामुक्त बनाउन सहयोग गर्नेहरुलाई प्रशंसा तथा सम्मान पत्र प्रदान गरिएको थियो । 
चौधरीको बिरोध
कार्यक्रमको अन्त्यतिर नेपाल संघीय समाजवादी पार्टीका स्थानीय नेता बालेश्वर चौधरीले बिरोध जनाएका थिए । प्रदेश सभाका सदस्य मन्जुर आलमलाई उद्धघोषकले मन्तब्यकालागि आमन्त्रण गरेपछि चौधरीले बिरोध गरेका हुन । चौधरीले कार्यक्रममा आफूले मन्तब्य राख्न पाउनु पर्ने माग गरेका थिए ।

 

उनले मन्तब्य ब्यक्त गर्न नपाएपछि “सबै भ्रष्टाचारीहरुले भ्रष्ट काम गरेका छन” । भन्दै बिरोध गरेका हुन । उनी बिरोधयमा उत्रिएपछि कार्यक्रममा सहभागि स्थानीय नागकिरले पनि केही बेर हो हल्ला गरेका थिए । उनीहरुले चौधरीको कुरा सुन्नु पर्ने बताएका थिए ।

 

कार्यक्रममा बिद्यालयका प्रअ श्याम घिमिरेले स्वागत गरेका थिए । कार्यक्रमको संचालन गिरीराज कडेलले गरेका थिए । 


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष फूलमहम्मद मिया पटेर्वा सुगौलीका प्रहरी निरिक्षक महेश बस्नेत गाउँपालिकाका १ का अध्यक्ष फरमान अन्सारी २ का अध्यक्ष बिजय गैरे ३ का माहादेव प्रसाद लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.