logo

कुचो बोकेर मुख्यमंत्री आफै निस्के राजधानीको फोहर ब्यवस्थापनमा

      2/27/2018 गते 00 00 मा प्रकाशित     1039   पटक पढिएको

फागुन,१५ जनकपुरधाम । प्रदेश नं .२ को राजधानी जनकपुरधामको सरफाईको अवस्थामा सुधार ल्याउन मुख्यमंत्री नै कुचो बोकेर सडकमा उत्रिएका छन ।

 

सरसफाईका दृष्टिले प्रदेश नं २ अतिनै सम्बेदनशील प्रदेश पनि हो । राजधानी शहरमा नै फोहरको डंगुर यत्रतत्र भएपछि सन्देश समेत नराम्रो गइरहेको बेलामा मुख्यमंत्रीले कुचो समातेर मैदानमा उत्रिएर एक पटक दुई सन्देश दिन खोजेका छन ।

 

एक फोहर गर्नेहरुलाई सफाई गर्नु पर्ने दायित्व सम्झाउन खोज्दैछन भने अर्को प्रगतिको आधारभूत शर्त सरसफाई हो भन्ने बुझाउन खोज्दै छन । मंगलबार विहान जव मुख्यमंत्री जनकपुर महासफाइ अभियान’मा सहभागि भए राजधानीका जनता दंग भए । प्रदेशको मुख्यमंत्री सफाइ अभियानमा निस्कदा जनकपुरका चिकित्सकहरु सहित नागरिक समाजका सरोरकार समुहहरु भनेबेखवर
 जस्तै रहे । 


मुखमा मास्क र हातमा झाडू लिएर मुख्यमन्त्री राउतले सडक बढार्न थालेपछि हेर्नेहरुको भीड लागेको थियो । उनको राजनीतिक  कर्मथलो बीरगंज थियो । बीरगंजमा सफाई अभियानमा निस्कन नपरेका राउत  मुख्यमन्त्री बनेपछि पहिलोपटक कुचो लिएर सडकमा उत्रिएका राउतले सरसफाई अभियानमा सबैलाई निरन्तर सभागि हुन अपिल गरे ।


जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी हो । ऐतिहासिक धार्मिक शहर अत्यधिक फोहोर भएर डम्पिङ साइटमा परिणत भएको छ ।


सरसफाइको क्रममा प्रतिक्रिया दिँदै मुख्यमन्त्री राउतले प्रदेशलाई स्वच्छ बनाउन नियमित सरसफाइमा ध्यान दिनुपर्ने बताए । शहरको नागरिकको सभ्यता त्यस शहरको सरसफाईले दिने भन्दै सिगो. प्रदेशलाई सफा बनाउनु पर्नेमा जोड दिए । 


उनले मठमन्दिरको छेउछाउँ र सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने प्रक्रियामा जानुपर्ने समेत बताए ।

मिथिला माध्यमिकी परिक्रमा बुधबार जनकपुर आएर अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने भएकाले महासफाइ अभियान आयोजना गरेको असहाय संरक्षण मञ्चका अध्यक्ष एवं समाजसेवी वैद्यनाथ साहले जानकारी दिए ।

फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले चासो नदेखाउँदा पछिल्लो समय जनकपुर शहरमा नाक थुनेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.