logo

समृद्धिको सपना देखेका मेयर डा.पौडेल खाका बोकेर पुगे मख्यमंत्री भेट्न

      3/3/2018 गते 00 00 मा प्रकाशित     941   पटक पढिएको

सिमरा, १९ फाल्गुन।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग भेट गर्दै उपमहानगरको समग्र बिकाको अभियानमा साथ र सुझाव दिन आग्रह गरेका छन् । 

 


उपमहानगरको समृद्धिको आधार र सम्भावना बोकेर वीरगन्जस्थित मुख्यमन्त्री राउतको निजि निवास पुगेका नगर प्रमुख डा. पौडेलले मुख्यमन्त्रीमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै उपमहनगरको बिकास निर्माणको अभियानमा सकारात्मक ढंगले अघि बढ्न आग्रह गरे । सामथ्र्यतताको हिसाबले कमजोर देखिएको प्रदेश २ लाई समृद्ध बनाउन यसको माताहतमा रहेका स्थानीय निकाय समृद्ध हुन आवश्यक रहेको उनको भनाई थियो । 

 


पूर्वाधारको अवस्था कमजोर रहेको उपमहानगरमा थुप्रै सम्भावना रहेको बताउदै नगर प्रमुख डा. पौडेलले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् ।

 

ध्यानाकर्षण पत्रमा डा. पौडेलले राष्ट्रिय गौरवका आयोजना, पर्यटन, उद्योग, प्राविधिक शिक्षालय, सुकुम्बासी तथा अब्यवस्थित बसोबासको समस्या, सडक संजाल, पुल, कृषी, सिचाईलगायतका बिषयमा प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन् ।

 


डा. पौडेलले ध्यानार्षणपत्रमा राष्ट्रिय गौरवका आयोजना दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, काठमाण्डौ तराई एक्सप्रेस हाईवे, विशेष आर्थिक क्षेत्र (सेज), वीरगन्ज पथलैया औद्योगिक करिडोर, पथलैया वीरगन्ज प्रमुख ब्यापारिक मार्ग, पेट्रोलियम पाईपलाईन, पूर्वपश्चिम रेलवे, पर्सा राष्ट्रिय निकुञ्जलगायत विभिन्न आयोजनाका कारण जीतपुरसिमरामा बिकास र समृद्धिले छिटो गति लिन सक्ने हुदा प्रदेश सरकारले केन्द्र सरकारलाई पहल गर्नुपर्ने उल्लेख गरेका छन् ।

 


राष्ट्रिय गौरवका आयोजनासंगै पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर चुरियामाई, अमलेखगञ्ज, पथलैया र वीरगन्जलाई जोडेर पर्यटन हब बनाउन सकिने, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको क्षेत्रीय कृषी अनुसन्धान केन्द्रलाई कृषीमा आधारित बहु प्राविधिक शिक्षालयको रुपमा बिकास गर्न सकिने, अब्यवस्थित बसोबासलाई ब्यवस्थापन गर्न स्थानिय तहलाई संविधानले दिएको अधिकार कार्यान्यवनमा ल्याउन प्रदेश सरकारबाट पहल हुनुपर्ने, उपमहानगरभित्र प्रस्तावित दुई तहको चक्रपथ, सडक, पुल र अन्य पूर्वाधार निर्माणमा बजेटको ब्यवस्था गरिनुपर्ने, दोस्रो अन्तरराष्ट्रिय विमानस्थल प्रस्तावित क्षेत्र टांगियावस्तीको एक हजार चार सय ७६ घरधुरीको उचित ब्यवस्थापन गरिनुपर्नेलगायतका बिषयलाई डा. पौडेलले प्राथमिकतामा राख्न मुख्यमन्त्री राउतसंग आग्रह गरेका छन् । 

 


ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री राउतले बिकास निर्माणका काममा स्थानीय तहले देखाएको चासोबाट आफू खुशी भएको बताए । प्रदेश सरकार बनेपछि समग्र बिकासका लागि कसरी अगाडि बढ्ने भन्ने बिषयमा योजना बनाईरहेको भन्दै मुख्यमन्त्री राउतले जीतपुरसिमरा उपमहानगरको बिकासका लागि आफू सधै सकारात्मक रहने प्रतिबद्धता जनाए ।

 

अन्य स्थानीय तहको हकमा जीतपुरसिमरा उपमहानगर देखिएको भन्दै मुख्यमन्त्री राउतले समृद्धिको योजना बनाएर अघि बढ्न नगर प्रमुख डा. पौडेललाई आग्रह गर्दै आफू सहयोग गर्न तयार रहेको बताएका थिए । 

 


सोही क्रममा मुख्यमन्त्री राउतले टांगियावस्तीको समस्याका बारेमा नगर प्रमुख डा. पौडेलसंग जानकारी लिए । स्थानियको उचित ब्यवस्थापनसहित टांगियावस्ती अन्यत्र स्थानान्तरण गर्नका निम्ति आफूले पहल गर्ने मुख्यमन्त्री राउतले बताए ।

 

भेटमा उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी र प्रशासन शाखा प्रमुख विरेन्द्र वाईवा उपस्थित थिए । यसैगरी नगर प्रमुख डा. पौडेलले वीरगन्जका मेयर बिजय सरावगी र उपप्रमुख शान्ती कार्कीसंग समेत भेट गरेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.