logo

ठोरी गाउँपालिकामा शिक्षकसंगठनद्वारा  आन्दोलनको घोषणा 

      3/3/2018 गते 00 00 मा प्रकाशित     828   पटक पढिएको


कृष्ण मोहन साह 
फागुन २० सुवर्णपुर ।
पर्साको ठोरी गाउँपालिकाका शिक्षक संगठनहरुले आन्दोलनको घोषणा गरेका छ्न ।

 

नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघ ठोरीले प्रेस बिज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

 

बिद्यालयहरुले बिभिन्न शिर्षकमा प्राप्त गर्नुपर्ने रकम तथा शिक्षकहरुले नियमित प्राप्त गर्नुपर्ने  तलब गाउपालिकाले उपलब्ध गराउन नसकेकोले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको उनिहरुले बताएका छन् ।

 

आफूहरुले यस अघि नै गाउपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाई सकेको भएपनी गाउपालिकाले बेवास्था गरेको कारण आन्दोलन को घोषणा गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका केशब प्रसाद रेग्मीले बताए ।

 

आन्दोलनका कार्यक्रम अनुसार फागुन २१ गते कालो पट्टि बाधेर पढाउने, फागुन २२ गते चक र मार्कर को प्रयोग नगरी शिक्षण गर्ने, फागुन २३ गते आधा दिन शिक्षण गरी बिद्यालय बन्द गर्ने तर ४ बजे सम्म शिक्षकहरु बिद्यालय मै बस्ने, फागुन २४ गते हाजिर गरी बिद्यालय बन्द गर्ने तथा फागुन २५ गते सम्ममा आफ्ना माग हरुको सुनुवाइ नभए बिद्यालय बन्द गर्न समेत बाध्य हुने बिज्ञप्ति मा उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.