logo

पत्रकारलाई सुविधा नदिने संचारमाध्यमहरु लामो समय चल्दैनन -अध्यक्ष पराजुली

      3/8/2018 गते 00 00 मा प्रकाशित     703   पटक पढिएको

बीरगंज २४ फागुन ।
न्यूनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुलाई न्यूनत्तम सुविधा नदिने संचार माध्यमहरु धेरै लामो चल्न नसक्ने बताएका छन ।

 

नेपाल पत्रकार महासंघ पर्साको संयोजनमा समितिले बीरगंजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

प्रेस काउन्सिलको सुविधा लिदा ,सूचना बिभागबाट परिचय पत्र लिदा त्या सबै विवरण उपलब्ध गराइएको हुन्छ उनले भने भोली पत्रकारले त्यही लिएर अदालतमा गयो भने के हुन्छ ” ।

 

अध्यक्ष पराजुलीले गुणात्मक सेवाको उत्पादन प्रक्षेपण प्रशारणका माध्यमले ब्यवसायिक बिकासतर्फलाग्न संचारगृहका संचालकहरुलाई आग्रह गरे । 


    नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकरा महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछानेले ब्यवसायिकताको बिकास बिना संचार माध्यमहरु अगाडि बढ्न नसक्ने ठोकुवा गरे ।

 

उनले संचारगृहमा कार्यरत जनशक्तिालाई आफनो लागत नठान्ने परिपाटीका कारण संचार क्षेत्रमा गुणात्मक उत्पादन हुन नसकेको बताए । उनले संचार क्षेत्रमा रहेको निकृष्टखालको प्रतिस्पर्धा अर्कै काम गरेर पैसा कमाउने प्रवृतिका कारण पत्रकारहरुको सृजनात्मकता समेत मरेको चर्चा गरे ।

 

उनले हिजो श्रमजीवी पत्रकार हो भनेर आफनो सेवा र सुविधाको माग गर्नेहरु आज नभएको चर्चा गर्दै पत्रकारिता ब्यवसायीक रुपमा प्रतिस्पर्र्धात्मक रुपमा अगाडि जान सकिएन भने जवानीका महत्वपूर्ण समयको लागनी मात्र हुने चर्चा गर्दै बरु बेलैमा बाटो परिर्वतन गर्न समेत उनले सुझाए ।

 


    त्यसैगरि नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष दीपेन्द्र चौहानले राम्रो गर्ने कुरामा पर्सेली पत्रकारिताले समिक्षा गर्ने बेला आएको बताए । आजको क्षमतावान युवा पत्रकारहरुको जमातले कुनै स्वार्थ समुहको पक्षमा लाग्न नहुने बताए ।

 

उनले पत्रकार महासंघले पनि पत्रकारिताको समग्र बिकासकालागि काम गर्नु पर्ने सुझाव दिए । पर्सेली पत्रकारिताको चरित्र काठमाण्डौका आफनै साथीहरुले बिगारेको पीडा ब्यक्त गर्दै उनले मिलेर सहकार्य गर्नु पर्नेमा जोड दिए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अशोक तिवारी  इजाका अध्यक्ष बिजय कुशवाहा,प्रेस सेन्टरका अध्यक्ष निरज पिठाकोटे पत्रकारहरु धु्रव यादव ,आर.सी यादव ,राजेन्द्र सिंह नेपाली र सुरेश बिडारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव युवराज खड्काले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.