logo

रेडक्रस, मानवीय सेवामा बिशवास प्राप्त अग्रणी संस्थाः प्रजिअ सिंह

      3/8/2018 गते 00 00 मा प्रकाशित     980   पटक पढिएको

बीरगंज २४ फागुन । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ५० औ जिल्ला अधिवेशन बिहिवार बीरगंजमा सम्पन्न भएको छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले मानवीय सेवामा समर्पित अग्रणी संस्था रेडक्रस सोसाइटी रहेको बताए ।

 

उनले निष्पक्षता र बिश्वासनीयताको आधार निर्माण गर्न रेडक्रस सफल भएको उनले बताए । 
    नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले नेपाल रेडक्रस सोसाइटी जस्तो संस्था कुनै कारणले पनि विवादमा आउन नहुने बताए ।

 

हिजोका दिनमा केही समस्याहरुका कारण नेपाल रेडक्रस सोसाइटीमाथि प्रश्न उठेको स्मरण गर्दै आउने दिनमा यो सबै कुरामा सुधार हुन जरुरीछ ।

 


    कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघका कार्यवाहक अध्यक्ष सुवोध गुप्ता, नेपाल रेडक्रस सोसाइटी पर्साका पूर्व अध्यक्ष राम बहादुर थापा लागायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 


कार्यक्रममा यो वर्ष सबै भन्दा बढी रक्तदान गर्ने बीरगंज युवा सामाज र रेडियो बीरगंजलाई स्वा तारा शम्शेर जवरा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

 

यो वर्ष उत्कृट काम गरेको भन्दै बिरुवागुठी उपशाखालाई पुरस्कृत गरिएको थियो । त्यसैगरि पोखरिया उपशाखा,बिश्रामपुर उपशाखा र रामनगरि उपशाखामा पनि पुरस्कृत भएका थिए । त्यसै गरि रेडक्रस अभियानलाई सहयोग गर्ने बिभिन्न निकाय र उत्कृष्ट प्रर्दशन गर्ने रेडक्रसका कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको थियो । 

 


कार्यक्रममा रेडक्रसका मंत्री बीरेन्द्र कडेलले प्रगती प्रतिवेदन र महन्थ यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रम रेडक्रस सोसाइटीका सभापति फूल महम्मद मियाको अध्यक्षता तथा बिनोद गिरीको संचालनमा सम्पन्न भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.