logo

खसीमा संगीनी सुई माछामा फर्मालिन र तरकारीमा बिषादीको प्रयोग बढदो

      3/8/2018 गते 00 00 मा प्रकाशित     1102   पटक पढिएको


बीरगंज २५ फागुन । 
उत्पादक र उपभोक्ताले अब विषादि न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

 

कृषि मन्त्रालयको बाली संरक्षण निर्देशनालय र राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय समितिको सहकार्य तथा राष्ट्रिय उपभोक्ता मञ्च झापाको आयोजनामा भएको विषादि न्यूनीकरण सचेतना कार्यशालाका विज्ञ तथा सहभागी वक्ताले त्यस्तो कुरामा जोड दिएका हुन् ।

 

अहिले उपभोक्ता र उत्पादकले पनि जथाभावी विषादिको प्रयोग र उपभोग गरिरहेको भन्दै बाली संरक्षण निर्देशनालयका निर्देशक अच्युत ढकालले अब सचेत बन्नुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै ढकालले समयमै सचेतता नअपनाउने हो भने मानिसले विषादि सेवनका कारण गम्भीर रोगको शिकार भई अकाल मृत्युवरण गर्नुपर्ने बताए । 


राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले तरकारी बारीमा कडा खाले विषादि प्रयोग, खसी र सुँगुरमा संगिनी सुइ, कुखुरामा एन्टीवायोटिक र भारतबाट आयात हुने माछामा फर्मालिङ जस्ता घातक पदार्थको प्रयोगले मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको बताए ।

 

महर्जनले मासुको तौल बढाउन संगिनी सुइको प्रयोग भएको र यसले मानिसमा बाँझोपनका साथै अन्य थुप्रै समस्या देखाउन थालेको बताए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बरिष्ठ कलाकार लय संग्रौला, बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं। १का अध्यक्ष अग्निप्रसाद पाण्डेले विषादिमुक्त अभियान सञ्चालन र अग्र्यानिक उत्पादन तथा उपभोगमा जोड दिए ।

कार्यक्रममा सहायक प्रमुख जिलला अधिकारी कृष्णचन्द्र पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सचिव गोविन्द सुवेदीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै उत्पादकदेखि उपभोक्तासम्म सचेत हुनुपर्ने र अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रमको अध्यक्षता गर्दै राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले विषादि न्यूनीकरणका लागि जनचेतना अभियानलाई गाउँ र घर–घरसम्म पु¥याउनुपर्ने बताए । कार्यपत्र प्रस्तुतिपछि सहभागीहरुले विज्ञहरुलाई विभिन्न विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय उपभोक्ता मञ्च झापाका सहसचिव एकराज गिरीले गरेका थिए ।

 

कार्यक्रममा झापाका विभिन्न क्षेत्रका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मी गरी एक सयभन्दा बढीको सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.