logo

मकैमा घोगा छ दाना छैन लागतसमेत डुबेकोमा किसान चिन्तीत

      3/10/2018 गते 00 00 मा प्रकाशित     907   पटक पढिएको

बीरगंज २७ फागुन ।

   सखुवा प्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवलका किसानले लगाएको मकैवाली नसप्रिएका कारण किसानहरु मर्कामा परेका छन । मकै भित्र्याएर घर ब्यवहार मिलाउला भन्ने किसानको  योजना अधुरो रहने भएको छ ।

बोटमा रहर लाग्दो मकैको घोगा छ तर घोगामा दाना छैन । मकै भित्र्याउने बेला भयो दानाबिहिन घोगा देखेर किसान चिन्तीत छन ।

 

मकैको घोगामा दाना नदेखिएपछि किसानले मकैखेतीमा ट्रयाक्टर लगाएर बैकल्पीक खेतीको तयारीमा लागेको मानव अधिकार निगरानी समुह मधुवन मथवलका अध्यक्ष दिनेश तिमिल्सीनाले बताए ।   चैतको पहिलो वा दोश्रो सातामा मकै भित्र्याउने बेला हो ।तर दाना नभएपछि किसानले बैकल्पीक बाटो खोजेका छन ।

   

    मधुवन मथवलको औराहा ,सिद्धपुर सथवलमा लगाइएको करिव ३ बिगाहमा लगाईको मकैबाली दाना नभएको पाइएको छ । 

    यस पालि उन्नत जातका बन्नी, डे«गन, श्रेस्ता, सिपी ८३८ जस्ता ब्रान्डका मकैंको बीउ रोपेर कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक प्रयोग गरी समय—समयमा सिंचाइ पनि गरेका थिए । तर बेला पुगेर पनि मकैमा दाना लागेन । 
      
     अन्य गाउँमा पनि मकैबाली लगाइएको छ । अलि ढिलोगरि लगाइएको भएकोले त्यसमा दाना हुन्छ की हुदैन त्यो हेर्न अझै केही दिन कुर्नु पर्ने तिमिल्सीनाले बताए  । 

    मकैंमा दाना नलागेको गुनासो बढिरहेको जिल्ला कृषि कार्यालय पर्साका प्रमुख बीरेन्द्र सिन्हाले बताए । उनले मधुवन मथवलमा ३ बिगाहमा लगाइएको मकैमा दाना नलागेको गुनासो आएको बताए । किसानले बाराको जीतपुर बजारमा रहेको किसान बिज भण्डारबाट मकैको बीउ किनेका थिए ।

 

बीउ बिक्रेता  शिवनारायण चौधरीले मकैको बीउ आयातकर्तासंग कुरा गर्ने आश्वासन दिएको स्थानीय किसानले बताएका छन । 
 तीन बिगाहमा लगाइएको बालीमा करिब पौने पाँच लाख रुपैयाको नोक्सानी हुने किसानले बताएका छन ।

    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.