logo

वडा नं ३१ बेल्वा प्रदेश नं २ कै पहिलो बालमैत्री वडा घोषणा 

      3/14/2018 गते 00 00 मा प्रकाशित     897   पटक पढिएको

वीरगञ्ज, ३० फागुन ।

प्रदेश नं २ का मुख्य मन्त्री महम्मद लालबाबु राउत गद्दीले छोरी पढाउन विशेष प्याकेज ल्याउने बताएका छन् । उनले बेटी पढाउ घर अघि बढाउ अभियान नै सञ्चालन गरेर प्रदेशका छोरीहरुलाई शिक्षित तुल्याउने बताए । 


वीरगञ्ज महानगरपालिका वडा नं ३१ बेल्वालाई संघिय संरचनापछि प्रदेश नं २ कै पहिलो बालमैत्री वडा घोषणा गर्दै बुधबार उनले प्रदेश सरकारको तर्फबाट छोरी पढाउन विशेष प्याकेजको घोषणा हुने जानकारी गराएका हुन ।

 

यसअघि मुख्य मन्त्री गद्दीले ताम्रपत्र पढेर वडाले बालमैत्रीका सबै सूचक पुरा गरेका कारण वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ बालमैत्री वडा बन्न सफल भएको घोषणा गरे । 


समारोहमा बोल्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले आफूले सपथ खाएकै दिन नगरलाई बालमैत्री बनाउने निर्णय गरेको स्मरण गरे । उनले बालबालिकाको वृहत्तर विकासका लागि आमाको गर्भ देखि नै उचित स्याहार गर्नुपर्नेमा जोड दिए ।

 


 १ हजार ३ सय २५ घरधुरी रहेको वडामा १० हजार ४४ जनसंख्या र ४ हजार ५ सय ४४ बालबालिका छन् । वडाले बाल मैत्री वडा घोषणाका लागि आवश्यक सबै ३९ वटा सूचक पुरा गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । ३९ सूचक मध्ये एक दर्जन  संस्थागत र बाँकी २७ वटा सेवा प्रवाहबाट निर्धारण गरिएको सूचक रहन्छ ।  

 

कार्यक्रममा उपमेयर शान्ति कार्किले कार्यक्रमले प्रदेश नम्बर २मा एउटा नया माहौल उत्पन्न हुने बताउदै बालबालिकाको अधिकार प्रति सरोकारवाला सबैको ध्यानाकर्षण गराएकी थिइन ।

 

कार्यक्रममा बडा नम्बर ३१का बडाअध्यक्ष चुमन चौधरीले बालमैत्री स्थानीय शासन बडा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । युनिसेफ नेपालका रिप्रजेन्टेटिभ रौनक खान, बालिका अनिसा धडेर,पर्साका जिल्ला शिक्षा अधिकारी बर्खु रजत लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.