logo

बहुदरामाई नगरपालिकामा तोडफोड तीन जनाबिरुद्ध मेयरले दिए उजुरी

      3/15/2018 गते 00 00 मा प्रकाशित     2199   पटक पढिएको

बीरगंज १ चैत ।
बहुदरामाई नगरपालिकाका प्रमुख नितेन्द्र साहले बिहिवार तीन जना बिरुद्ध जिल्ला प्रहरी कार्र्यालय पर्सामा उजुरी गरेका छन । 
दिउसो बहुवरीमा रहेको नगरपालिकाका कार्यलयमा स्थानीयले तोडफोड गरेका थिए ।

 

कार्यलयमा प्रमुख नआउने प्रमुख प्रशासकीय अधिकृत छुट्टीमा भएको बेला आज स्थानीय केही ब्यक्तिले नगरपालिका कार्यलयको एउटा कुर्सी,नगर प्रमुखको नेम प्लेट र झ्यालको एउटा शिसा फोरेका थिए ।

 

स्थानीयले जनताको काम गर्न मेयर पनि नबस्ने अधिकृत पनि नबस्ने हो भने अरु पनि बस्नु पर्दै तपाईहरु निस्कनुस हामी ताला लाउछौ भन्दै तीन चार जनाले तोडफोड गरेको नगरपालिकाका एक कर्मचारीले बताए ।


    त्यही तोडफोडमा संलग्न भएको भन्दै नगरप्रमुख नितेन्द्र साहले पर्सागढी नगरपालिका चैनपुरका रमेश कुमार यादव ,बहुदरामाई नगरपालिका बहुवरीका सुरेन्द्र यादव र भौराटारका गौरी शंकर मण्डल बिरुद्ध  जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनीक अपराध अन्र्तगत उजुरी दिएका हुन ।
अर्कै छ चुरो कुरा 
पर्सागढी नगरपालिका र बहुदरामाई नगरपालिकाको वीचमा रहेको तिलावे नदीमा तिलावे अर्गना सिचाई योजना निर्माणकोलागि स्वीकृत भएको छ ।

 

पछिल्लो पटक के.पी.ओली सरकारको पालामा सिचाईमंत्री उमेश यादव हुदा यो योजना स्वीकृत भएको थियो । योजना अन्र्तगत एकटांगामा सिचाईका निम्ति बाँध निर्माण कार्य गर्नु पर्ने छ ।


    सिचाई पूर्नस्थापना आयोजना अन्र्तगत स्वीकृत तिलावे अर्गना सिचाई आयोजनाको निर्माणकालागि उपभोक्ता समिति बनाउन सिचाई बिकास डिभिजन कार्यालय बीरगंजले दुबै नगरपालिकालाई पत्राचार गरेको थियो ।

 

त्यसैको आधारमा दुबै नगरपालिकाले आम उपभोक्ताको भेला गरि उपभोक्ता समिति बनेको भन्दै सिफारिश समेत गरेका छन । दुबै नगरपालिकाले फागुन २५ गते सिफारिश गरेका हुन ।

 

दुबै नगरपालिकाका प्रमुखहरुले आम उपभोक्ताको भेला भएको दावी गरेपनि पर्सागढी नगरपालिकाको वडा नं  ७ का अध्यक्ष रामरेखा सिंह राजपुत र बहुदरामाई नगरपालिकाका वडाध्यक्ष रामजी साह तेलीले  उपभोक्ताको भेलाबाट उपभोक्ता समिति गठन नभएको दावी गरेका छन ।

 

उनीहरुले बीरगंजको आफनो कोठमा बिना कुनै भेला उपभोक्ता समिति बनाइएको आरोप लगाएका छन । दुबै नगरपालिका र राष्ट्रीय जल सिचाई उपभोक्ता महासंघ पर्साले समेत सिफारिश गरेको उपभोक्ता समितिलाई सिचाई डिभिजन कार्यालयले दर्ता गरेको कार्यालय प्रमुख रामानन्द दासले बताए ।

 

कार्यालय प्रमुख दासले आयोजनाको अन्तिम डेटलाईन फागुन ३० सम्म थियो त्यसलाई बचाउनकालागि पनि उपभोक्ता समिति दर्ता गरेको उनले बताए । समिति कालागि चाहिने सबै कागजात संलग्न भएकोले समिति दर्ता गर्नु परेको उनले बताए ।
कुवेती सरकारको लगानीमा बन्ने आयोजना अलपत्र हुने डर

कुवेती सरकारको सहयोगमा निर्माण हुन लागेको सिचाई योजनाको टेण्डर भइसकेको छ ।

 

तर दाताले आयोजनामा उपभोक्ताको लागत सहभागिता सुनिश्चित भएपछि मात्र काम शुरु गर्नु पर्ने भएकोले समिति अनिवार्य भएको हो ।

 

उपभोक्ताको तर्फबाट शुरु मै नौ लाख १५ हजार रुपैया धरौटी राख्नु पर्ने प्रावधान रहेको छ । आयोजनाको निर्माण अवधीमा उपभोक्ता समितिले ५५ लाख रुपैयाको जनश्रमदान गर्नु पर्ने छ ।

 

समितिको नेतृत्वमा १५ लाख रुपैयाको संरचना निर्माण मात्र गर्न पाउने प्रावधान रहेको छ ।

 

नमुना सिचाई योजना बनाउनकालागि कुवेतले लगानी गरेको भएपनि स्थानीय तहमा देखिएको विवादको कारण आयोजना फिर्ता जाने सम्मको डर रहेको छ ।

 

आयोजनाको निर्माणमा वास्तविक जनताको सहभागिता नभएको स्थानीयहरुको भनाई छ । एक अर्कामा बिश्वासको कमी र अति राजनीतिका कारण आयोजना फिर्ता भयो भने त्यसको घाटा स्थानीय जनातले पाउने कुरा प्रति जनप्रतिनिधि र राजनीतिक अगुवा भने जिम्मेवार नभएको टिप्पणी गर्न थालिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.