logo

पर्सा कांग्रेसद्वारा दुई संघर्षशिल पत्रकारहरुको सम्मान

      3/16/2018 गते 00 00 मा प्रकाशित     987   पटक पढिएको

वीरगन्ज २ चैत ।
    नेपाली काँग्रेस पर्सा जिल्ला कार्य समितिले एभिन्यूज खबरका केन्द्रिय व्यूरो संयोजक राजु श्रेष्ठ तथा अन्नपूर्णपोष्ट पत्रिकाका प्रदेश नं. २ का व्यूरो प्रमुख अलि असगर देवानलाई सम्मान गरेको छ ।

 

साल्ट ट्रेडिड्ड स्थित पार्टी कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले अविर टिका लगाई दोसल्ला ओढाई सम्मान गरेका थिए । 

 

    कार्यक्रममा बोल्दै द्विवेदीले पत्रकारिता क्षेत्रमा राजु श्रेष्ठले पु¥याएको  योगदान उल्लेखनीय रहेको भन्दै वीरगन्जकै माटोमा जन्मी, हुर्की वीरगन्जलाई पत्रकारिता मार्फत देशभरि नै चिनाउने यस्ता व्यक्तित्वहरुलाई सम्मान गर्नु पाउदा आफू लगायत पार्टी नै गौरवान्वित   भएको बताएका थिए ।

 

उनले अन्नपूर्णपोष्ट दैनीकको प्रदेश २ को ब्यूरो प्रमुखमा युवा पुस्ताका पत्रकार अलि असगरको छनौट पनि महत्वपूर्ण रहेको बताए । उनले पत्रकारिता एउटा आफैमा चुनौतिपूर्ण पेशा रहेकोमा आफ्नो पेशाप्रति सदैव इमान्दार, कर्तव्यनिष्ट रही दिन रात आफ्नो कर्तव्यप्रति निष्ठावान रहेका यस्ता व्यक्तित्वहरु वीरगन्जकै धरोहर रहेकोमा सन्तोष ब्यक्त गरेका थिए ।  


   यसैगरि कार्यक्रममा नेपाली काँग्रेसका नेता विरेन्द्रलाल नेपाली, जनाद्र्धन सिंह क्षेत्री, नेपाली कांग्रेसका सचिव श्याम पटेल नेपाल पत्रकार महासंघका पूर्व सभापति अशोक तिवारी, रामनारायण कुर्मी लगायतले एभिन्यूज खबरको केन्द्रिय व्यूरो संयोजकमा पदोन्निति भएका श्रेष्ठ तथा अन्नपूर्णापोष्टका प्रदेश नं. २ व्यूरो प्रमुख अलि असगर देवानले पत्रकारिता पेशामा लागेदेखि नै गरेको संघर्षहरुको बारेमा चर्चा गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.