logo

गाउँपालिका अध्यक्ष जयसवालका कारण अशान्त बन्यो सखुवाप्रसौनी गाउँपालिका

      3/18/2018 गते 00 00 मा प्रकाशित     927   पटक पढिएको

बीरगंज ५ चैत । 
सखुवा प्रसौनी गाउँपालिका अहिले अशान्त छ । गाउँपालिकाको नाम फेर्ने र केन्द्र सार्ने बिषयमा विवाद भएपछि गाउँपालिका अशान्त भएको हो ।

यो समग्र प्रकरणमा गाउँपालिका अध्यक्षको अराजनीतिक चिन्तन र चरित्र कारक भएको स्थानीय बुद्धिजीवीहरुको टिप्पणी छ ।

 

अध्यक्ष जयसवालले चैत २ गते एउटा बिज्ञप्ति जारी गरेर आफू पानी माथिको ओभानो हुन खोजेका छन । जयसवालले बिज्ञप्ति जारी गरेर सम्वादका माध्यमले सहमती खोज्ने दलील पेश गरे पनि उनी गाउँपालिका सदस्यहरुलाई अपहरण गरेर आफनो एजेण्डामा जर्वजस्ती सही गराउने गुण्डागर्दी शैलीमा उत्रिएको आरोप सदस्यहरुले नै लगाउन थालेका छन । 


२ गते परवानीपुरमा भएको घटना त्यसकै एउटा कडी भएको वडा नं १ का अध्यक्ष बिश्वनाथ पटवारीले बताए । उनले परवानीपुरबाट फोन आएकोले एम्बुलेन्स गएको र त्यहा गाउँपालिकाका सदस्य रामा चौधरीलाई नियन्त्रणमा लिने प्रयास भएको उनले बताए ।


अहिले सखुवा प्रसौनी गाउँपालिकाका सबै वडाहरुमा नाम फेर्ने र केन्द्र सार्ने बिषयमा घर घरमा बहस हुन थालेको छ । केही ब्यक्तिहरुले तेश्रो बिकल्पको रुपमा पशुपतीनाथ गाउँपालिका नामाकरण गर्न प्रस्ताव समेत गरेका छन ।

 

केहीले कोइलाभार गाउँपालिका हुनु पर्ने दावी गरेका छन । केन्द्रको बिषयमा गाउँपालिकाको केन्द्र सखुवा प्रसौनी नै हुने भएकोले त्यसमा खासै बिवाद नभएपनि गाउँपालिका अध्यक्ष जयसवालको अराजनीतिक प्रवृतिका कारण यो मुद्धा बिवादित बनेको छ ।

 

संघीय समाजवादी फोरम  नेपालबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष एक अर्काका वीचमा आफना मुद्धा बोकेर बिवादमा उत्रिएपछि नागरिकले सास्ती खेप्नु पर्ने अवस्था सृजना भएको छ । मुल पार्टी संघीय समाजवादी फोरम नेपाल पनि यो बिषयलाई  मिलाउन तत्पर देखिएको छैन ।

यसैवीचमा फोरम इतरका राजनीतिक दलहरुको  सर्वदलीय बैठक सखुवा प्रसौनीमा सम्पन्न भएको छ । बैठकले गाउँपालिका अध्यक्ष जयसवालको कदमका बिरुद्ध आन्दोलनको मोर्चा कस्ने निर्णय गरेको एमालेका युवा नेता यशवन्त यादवले बताएका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.