logo

गाउँपालिका अध्यक्ष जयसवालका कारण अशान्त बन्यो सखुवाप्रसौनी गाउँपालिका

      3/18/2018 गते 00 00 मा प्रकाशित     830   पटक पढिएको

बीरगंज ५ चैत । 
सखुवा प्रसौनी गाउँपालिका अहिले अशान्त छ । गाउँपालिकाको नाम फेर्ने र केन्द्र सार्ने बिषयमा विवाद भएपछि गाउँपालिका अशान्त भएको हो ।

यो समग्र प्रकरणमा गाउँपालिका अध्यक्षको अराजनीतिक चिन्तन र चरित्र कारक भएको स्थानीय बुद्धिजीवीहरुको टिप्पणी छ ।

 

अध्यक्ष जयसवालले चैत २ गते एउटा बिज्ञप्ति जारी गरेर आफू पानी माथिको ओभानो हुन खोजेका छन । जयसवालले बिज्ञप्ति जारी गरेर सम्वादका माध्यमले सहमती खोज्ने दलील पेश गरे पनि उनी गाउँपालिका सदस्यहरुलाई अपहरण गरेर आफनो एजेण्डामा जर्वजस्ती सही गराउने गुण्डागर्दी शैलीमा उत्रिएको आरोप सदस्यहरुले नै लगाउन थालेका छन । 


२ गते परवानीपुरमा भएको घटना त्यसकै एउटा कडी भएको वडा नं १ का अध्यक्ष बिश्वनाथ पटवारीले बताए । उनले परवानीपुरबाट फोन आएकोले एम्बुलेन्स गएको र त्यहा गाउँपालिकाका सदस्य रामा चौधरीलाई नियन्त्रणमा लिने प्रयास भएको उनले बताए ।


अहिले सखुवा प्रसौनी गाउँपालिकाका सबै वडाहरुमा नाम फेर्ने र केन्द्र सार्ने बिषयमा घर घरमा बहस हुन थालेको छ । केही ब्यक्तिहरुले तेश्रो बिकल्पको रुपमा पशुपतीनाथ गाउँपालिका नामाकरण गर्न प्रस्ताव समेत गरेका छन ।

 

केहीले कोइलाभार गाउँपालिका हुनु पर्ने दावी गरेका छन । केन्द्रको बिषयमा गाउँपालिकाको केन्द्र सखुवा प्रसौनी नै हुने भएकोले त्यसमा खासै बिवाद नभएपनि गाउँपालिका अध्यक्ष जयसवालको अराजनीतिक प्रवृतिका कारण यो मुद्धा बिवादित बनेको छ ।

 

संघीय समाजवादी फोरम  नेपालबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष एक अर्काका वीचमा आफना मुद्धा बोकेर बिवादमा उत्रिएपछि नागरिकले सास्ती खेप्नु पर्ने अवस्था सृजना भएको छ । मुल पार्टी संघीय समाजवादी फोरम नेपाल पनि यो बिषयलाई  मिलाउन तत्पर देखिएको छैन ।

यसैवीचमा फोरम इतरका राजनीतिक दलहरुको  सर्वदलीय बैठक सखुवा प्रसौनीमा सम्पन्न भएको छ । बैठकले गाउँपालिका अध्यक्ष जयसवालको कदमका बिरुद्ध आन्दोलनको मोर्चा कस्ने निर्णय गरेको एमालेका युवा नेता यशवन्त यादवले बताएका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.