logo

अबको समय भनेकै विकास र समृद्धिको हो -  पर्यटन मन्त्री अधिकारी

      3/23/2018 गते 00 00 मा प्रकाशित     837   पटक पढिएको

बारा,९चैत .
पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय भनेकै विकास र समृद्धिको भएको बताएका छन् । 


आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवंम् व्यापारीक केन्द्र बनाउँने हाम्रो अभियान भन्ने मुल नाराका साथ बाराको सिमरा रंगशालामा शुक्रवारबाट सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेला , कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउँने पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताएका हुँन् ।


मन्त्री अधिकारीले दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पुर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताएका छन् ।  अधिकारीले आउँने पाँच बर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताए ।

 


बाराको सिमरामा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो बताए  ।
उनले विमानस्थलको पुर्व तयारीको काम दुईबर्ष भित्र सुरुहुने त्यसपछि ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हँने बताए ।

 


बर्तमान अवस्थामा राजधानीको विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोश्रो अन्तराष्ट्रिय स्थरको विमानस्थल अपरीहार्य भएको बताए ।


निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अव काम चाडो थालिले बताउदै मन्त्री अधिकारीले मोआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए ।


बिमानस्थल निर्माण भन्दा बढि पुर्ब तयारी असाध्यै समय लाग्ने भएकोले निर्माणमा सुस्तता देखीएकोले अब चाढै देखीने कामहरु हुँने बताए ।

 

राजधानीमा रहेको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा अत्याधिक चाप भएकाले सरकारले तत्कालै दोश्रो अन्तराष्ट्रि विमानस्थलको कामलाई गति दिने र आन्तरीक वायुसेवालाई व्यवस्थित गर्ने कार्य प्रार्थमिक्तामा रहेको बताए । 


दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा राज्य कै चाँसो बढेकोले अब काम चाँडो थालिने बताउँदै मन्त्री अधिकारीले मुआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए । दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माण भए २२ देखि २५ मुलुकको हवाई ट्रान्जित बन्न सक्ने बताए ।


आजै मन्त्री अधिकारी विमानस्थल निर्माण हुने क्षेत्रको निरिक्षण गरी त्यहाँ रहेका बस्तीहरुको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । 

 


आज देखि १० दिन सम्म चल्ले यो महोत्सवमा विभिन्न व्यापार लगायत पुरुष तथा महिला फुटबल प्रतियोगिता गराईनुका साथै राष्ट्रिय कलाकारहरुले लोक दोहोरीबाट मनोरंजन गराउँने आयोजकले जनाएको छ ।


मेलामा झण्डै चार सय स्टल रहेका छन् , भने विभिन्न मनोरंजका उपकरणहरु राखिएको छ । दश दिन सम्म लाग्ने यस महोत्सव ५० हजार भन्दा बढी दर्शकले मेला हेर्ने र दुई करोड भन्दा बढीको कारोवार हुँने आयोजकले जनाएको छ । 


कार्यक्रममा संनन्धीत सरोकारवाला, जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।


यसैबिच कार्यक्रम पछि उनी बाराको टाँगियाबस्ती स्थित अन्तराष्ट्रिय विमान स्थलमा गएर अवलोकन गरेका थिए ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.