logo

राजपा नेता सिंह बिरुद्ध बलात्कार गरेको आरोपमा धनुषा प्रहरीमा उजुरी दर्ता 

      3/25/2018 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

जनकपुर,११ चैत्र  ।   धनुषाको एक हेल्थपोष्टमा कार्यरत युवती (नामपरिर्वतन) निसाकुमारी झाले राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य रमन सिंहमाथि यौन शोषण र रकम लिएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दायर गरेकी छिन् । 

 

युवतीले उजुरीमा उल्लेख गरेअनुसार सिंहले आफूलाई राजपा नेपालका केन्द्रीय सदस्य र केयर सोसाइटी अफ नेपालको अध्यक्ष भनि परिचय दिएर सम्बन्ध बढाएका थिए।

 

ती युवती घरपायक सरुवा नपाएर छटपटिएको थाहा पाएपछि सिंहले, “सरुवा गराउनु कुनै ठूलो कुरो होइन । राजेन्द्र महतोसँग मेरो अत्यन्तै नजिकका हुन् । मैले भनेपछि उनले गराइदिन्छन्” भनेर प्रभावित गरेको उजुरीमा उल्लेख छ।

 

आफूलाई काठमाडौं ल्याएको र राजेन्द्र महतोको निवासमा तीन पटक लगेर भेट गराएको पनि उजुरीमा झाले खुलाएकी छिन् ।

 

सरुवा गराउन खर्च लाग्ने भनेकोले आफूसँग भएको रकम रु १ लाख ३७ हजार सुम्पेको पनि उनले उजुरीमै लेखेकी छिन्।

 

पुस २५ गतेदेखि माघ ४ गतेसम्म काठमाडौको गौशालास्थित रोज स्टार  होटलमा राखेको र परिवन्धमा पारी पटक–पटक यौन शोषण गरेको किटानी गरेकी छिन्।

 

काठमाडौंबाट फर्कंदा पनि बर्दिवासको नवोबुध्द होटलको २०५ नम्बर रुममा, जनकपुर आइपुगेर वेलकम होटलमा र जयनगर गएका बखत जयनगरको राजस्थान होटलमा राखेर अनेकौं प्रपञ्च रची यौनशोषण गरेको ब्यहोरा खुलाएकी छिन्

 

रकम लिएको र यौनशोषण गरेको कुरो कसैलाइ भन्योभने खैरियत छैन भनेर धम्क्याएको पनि उजुरीमै बताएकी छिन्।

 

उक्त उजुरीलाइ जिल्ला प्रशासन कार्यालय, धनुषाले मिति चैत्र ८ गते  दर्ता(नम्बर ६१५३ मा दर्ता गरेको छ। तर सिहंले भने झासंग आफूले ६ लाख रुपैया लिनु पर्ने बताएका छन । त्यही रकम माग गर्दा आफूलाई फसाउने षडयन्त्र झाले गरेको सिंहको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.