logo

खर्च भएन विकास बजेट

      3/25/2018 गते 00 00 मा प्रकाशित     1147   पटक पढिएको

अली असगर देवान 

बीरगन्ज ११ चैत । पर्साका अधिकांश स्थानीय तहको विकास बजेट खर्च हुन सकेको छैन । सेवा केन्द्र विवाद, नगर/ गाउँसभाको समस्या तथा सेवा–सुविधामा असन्तुष्टिका कारण विकास निर्माण प्रक्रिया अघि नबढेको हो ।

पोखरिया नगरपालिकाको नगरसभा १३ पुसमा भएको थियो । नगरसभा भएकोे यतिका समय भए पछि नगरपालिकाले विकास निर्माणमा आफ्नो पाइला अघि लैजान सकेको छैन ।

त्यति मात्र नभई आन्तरिक विवादले करिब एक साता नगरपालिकामा तालाबन्दी नै भयो । असन्तुष्टि सम्बोधनपछि तालाबन्दी खोलिएको उपमेयर सलमा खातुनको भनाइ छ ।

उनका अनुसार विकास निर्माणका लागि नगरपालिका टेन्डर प्रक्रियामा गइसकेको छ । सेवा केन्द्र र नामको विषय लिएर सखुवा प्रसौनी गाउँपालिकामा तालाबन्दी भएको थियो ।

 

वीरगन्ज महानगरपालिका, पोखरिया, बहुदरमाई र पर्सागढी नगरपालिका तथा विन्दवासिनी, जगरनाथपुर, छिपहरमाई, कालिकामाई, धोबनी, पकहामैनपुर, जगरनाथपुर, ठोरी, पटेर्वा सुगौली र जिराभवानी गाउँपालिका गरी १४ स्थानीय तह छन् । त्यसमध्ये पर्सागढी नगरपालिकाको नगरसभा हुन सकेको छैन । स्थानीय चुनाव भएको ६ महिना बितिसक्दा पनि नगरसभामा ढिलाइ हुन गएको नगर कार्यपालिका स्रोतको भनाइ छ । नगर÷गाउँसभा नभएर नाला, सडक, स्कुल, स्वास्थ्य चौकीसहित अन्य भौतिक संरचना निर्माण ठप्प छन् ।

आर्थिक वर्ष २०७४÷७५ का लागि ४ अर्ब ६ करोड पुँजीगत बजेट विनियोजित छ । एक अर्ब २३ करोड अर्थात् ३० प्रतिशत बजेट खर्च भएको हो । चालुतर्फ पनि आर्थिक वर्षको सात महिनामा ६२ दशमलव २७ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको छ ।

चालू आर्थिक वर्षका लागि ७ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये ४ अर्ब ८३ करोड अर्थात ६२।२७ प्रतिशत रकम खर्च भएको प्रमुख कोषनियन्त्रक बालाकृष्ण अधिकारीले जानकारी दिए ।

 

कोलेनिकामा चालुतर्फ करिब ६२ दशमलव २७ प्रतिशत बजेट रकम निकासा भएको देखिए पनि स्थानीय तहमा भने अझै त्यो प्रतिशत कम रहेको जनाइएको छ । स्थानीय तहमा पठाइएको रकमसमेत गाउँपालिका, नगरपालिका, महानगरपालिका कार्यालयको खातामै मौज्दात रहेको अधिकारीले जानकारी दिए ।

 

अहिले चालु आर्थिक वर्षको दोस्रो चौमासिक चलिरहेको छ । विकास निर्माणका लागि नगर÷गाउँपालिकासँग करिब साढे तीन महिना समय मात्र बाँकी छ ।

यही समयभित्र टेन्डरको सूचना प्रकाशन गर्ने, टेन्डर दिने र ठेकेदारले प्रक्रिया पूरा गरेर विकास निर्माणका कार्य गर्नुपर्ने हुन्छ । त्यो समयले साथ नदिने विज्ञ बताउँछन् । विकासका निम्ति विनियोजित बजेट कोटेसनका आधारमा खर्च गर्नुपर्ने अवस्था छ ।

यसरी खर्च गर्दा दलहरूले कार्यकर्तामार्फत विकास निर्माणका काम टुक्रा–टुक्रामा गर्ने भएकाले गुणस्तरीय नहुने कांग्रेस पर्साका सचिव श्याम पटेलको भनाइ छ । सभार ः अन्नापूर्णपोष्ट दैनीक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.