logo

यस बर्ष देखि व्यापार घाटा घट्छ - प्रम ओली

      3/26/2018 गते 00 00 मा प्रकाशित     825   पटक पढिएको

काठमाडौं १२ चैत,प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक बर्ष देखि व्यापार घाटा घट्ने बताए  ।

नेपाल उद्योग परिसंघले तयार  गरेको  आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवटारमा  ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन  ।

 

‘व्यापार घाटा घटाउन सरकारले खास योजना ल्याउछ ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि उपभोग्य वस्तुको उत्पादन,उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वश्तुको उत्पादनमा जोड दिने नीति कार्यन्वयन गर्नुपर्छ ।’

 

नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठुलाठुला बजार रहेकोले निर्यातमा समस्या नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले उत्पादन गरेका सामग्रीका लागि बजारको अभाव छैन’ प्रधानमन्त्री ओलीले भने  ‘कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ । ’

 

 देशलाई समृद्धिको मार्गमा  अघि बढाउन  सरकार र  निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

प्रधानमन्त्री ओलीले अब बन्द र हड्तालको समय सकिएकोले व्यावशायीहरुलाई निर्वाध ढंगले उद्योग व्यावशायमा लगानी गर्न आग्रह गरेका छन । सरकारले उद्योग व्यावसाय क्षेत्रमा भएका कानुनी अड्चन हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

 

कार्यक्रममा अर्थ मन्त्री डा.युवराज खतिवडा,उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादब,प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमाल लगायतको उपस्थिती थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.