logo

प्रधानमन्त्री ओलीद्वारा कुटनीतिक समूदायलाई सम्वोधन

      3/27/2018 गते 00 00 मा प्रकाशित     1092   पटक पढिएको

काठमाडौं,१३चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्ना छिमेकी राष्ट्रहरुको सम्बन्धलाई अझ बढी प्रगाढ र सदृढ बनाउन अझ बढी प्रतिवद्ध रहेको बताएका छन   ।  


आज प्रधानमन्त्री निवास बालुवाटारमा कुटनीतिक समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँगको  आपसी सम्बन्धका बिबिधताहरुलाई अझ पहिल्याउँदै लगिने बताए ।

 

उनले खासगरी व्यापार ,लगानी ,पर्यटन र जनस्तरको आदानप्रदानलाई महत्व प्रदान गर्न चाहेको उल्लेख गरे । आपसी सहयोगका क्षेत्रमा  विकासका  प्रमुख साझेदारहरुसँगको दुई पक्षीय सम्बन्धलाई निरन्तर अगाडी बढाउने प्रम ओलीले प्रष्ट पारे ।

 


प्रधानमन्त्री ओलीले  विकासका साझेदारहरुबाट प्राप्त भइरहेको सहयोग र साहायताको विशेष रुपमा स्मरण गर्दै  विकास–सहयोगको क्षेत्रमा सफलताका कथा प्रस्तुत गर्न सक्नु पर्ने सरकार स्पष्ट रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको विद्यमान संविधानमै नेपालको राष्ट्रिय स्वार्थलाई सुस्पष्ट रुपमा परिभाषित गरिएको बताउदै “संविधानले नै अन्तराष्ट्रिय सम्बन्धको खाका प्रस्तुत गरेको औल्याए ।
प्रधानमन्त्रीले नेपालको कुटनीतिक लक्ष्यका आधार अन्तराष्ट्रिय स्तरमा लोकतन्त्रको विस्तारित अभ्यास भइरहेको राष्ट्रका रुपमा नेपालको छवि प्रवद्र्धन गर्नु  र आर्थिक सामाजिक विकासका कारकको पहिचान गर्नु रहेको बताए । उनले नेपालको कुटनीतिक सम्बन्धका आधारहरुका विषयमा प्रकाश पार्दै  राष्ट्रिय स्वार्थ अन्तरगत सार्वभौमिकता ,अखण्डता र स्वाधिनतालाई सर्वोपरी महत्व दिइने बताए  ।

 


नेपाल पञ्चशील र असंलग्नताको सिद्धान्तका साथै संयुक्त राष्ट्रसंघको वडापत्र,अन्तराष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताहरुप्रति प्रतिवद्ध रहनेछ भन्ने प्रतिवध्दता व्यक्त गर्दै प्रधानमन्त्रीले ओलीले भने “हामी सबैसँग मित्रता गर्ने तर कसैसँग शुत्रता नगर्ने नीतिप्रति सदा कटिवद्ध रहनेछौं ।” प्रधानमन्त्रीले विकाससम्बन्धी नेपालको  प्रयास र विकासका मानक नै  कुटनीतिक  प्रयत्नका आधारशिलाका रुपमा रहिरहने प्रष्ट पारे ।

 


प्रधानमन्त्री ओलीले देशको संस्कृति,सभ्यता र पहिचानलाई अमूल्य निधिको रुपमा उल्लेख गरे । उनले नेपाललाई विविधता र स्रोतले परिपूर्ण राष्ट्रका रुपमा विश्वमा परिचित गराउने लक्ष्य रहेको बताए ।

 


प्रधानमन्त्री ओलीले बहुपक्षीय सम्बन्धलाई अघि बढाउने क्रममा संयुक्त राष्ट्रसंघ लगायतका विश्व–संस्थाहरुमा नेपालको भूमिका अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरेका छन  । 
प्रधानमन्त्री ओलीले शान्ती, सुरक्षा, विकास तथा मानव अधिकारजस्ता संयुक्त राष्ट्र संघीय सुधारको पहलका तीन वटै आधार स्तम्भहरुलाई समान मान्यता प्रदान गरिने बताए । 

 


नेपाल अन्तर्राष्ट्रिय विवादहरुको शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताउँदै उनले भने “नेपालले आमविनाशकारी हातहतियारको सम्पूर्ण रुपमा अन्त्य गर्ने विश्व प्रयासप्रति समर्थन जनाइरहनेछ । ” 
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायको सवाललाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग कार्यरत रहेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराएका छन  ।

 

 उनले   मानव अधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघनका घटनाहरुमा आम माफी नदिइने  स्पष्ट समेत पारेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.