logo

नारायणी उपक्षेत्रीय अस्पताल आफै घाइते, हजारौको सामान कौडीको मोलमा बेचीयो

      4/3/2018 गते 00 00 मा प्रकाशित     925   पटक पढिएको

वीरगंज, २१ चैत
    नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका करोडौं मूल्यको सामान कौडीको मूल्यमा बेचेको तथ्य सार्वजनिक भएको आजको प्रतीक दैनीकमा  समाचार छ । 


    चालू हालतको सामान्य मरम्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेको  फलाम, काठ र प्लास्टिकका सामानहरू ठेक्काबाट बिक्री गरेको प्रमाण भेटिएको छ । अस्पतालले २०७४/७/१२ गते सूचना प्रकाशित गरी २८२ वटा सामान  ८८ हजार ९ सय ७ मा बिक्री गरेको पाइएको छ । 


    सूचना सार्वजनिक गरेपछि १३ वटा संस्थाले सो सामान खरिद गर्न निवेदन दर्ता गराएकोमा आपसी मिलोमतो गरी अन्यले च्याँखे थापी रकम खाएको र प्रिमियम इन्टरप्राइजेज वीरगंज–६ ले बढाबढ लिलाममा सामान सकार गरेको देखिन्छ ।

 

तत्कालीन मेसु डा. चित्तरञ्जन साह, स्टोरकिपर वीरेन्द्रप्रसाद चौधरी तथा कर्मचारी अशोक श्रीवास्तवलगायत अन्य कर्मचारीको मिलोमतोमा सो सामान बिक्री गरेको कर्मचारीहरूले बताएका छन् । 


    चारवटा एक्सरे मेशीन  २ हजारमा, फलामे बेड ३ सय, अपरेशन टेबुल  ५ सय, बिरामी जाँच्ने फलामे टेबुल  १० रुपैया, काठको टेबुल  ५ रुपैया, आल्मुनियम केतली  १० रुपैया, काठको आलमारी  ३० रुपैया, गोदरेज ट्रली  १० रुपैया, जेनेरेटर  १ हजार, एयरकन्डिशनर मेशिन  १ हजार, काठको ¥याक  ७५ रुपैया, माइक्रोस्कोप  २ सय, मोटरपम्प  ५ सय, एयरकूलर  ५ सय, स्टीलको बाटा  ३० रुपैया , इपिजिओटोमी सिजर  २ रुपैया, सिलिङ पङ्खा  ५० रुपैया, अल्ट्रासाउन्ड मेसिन  १ सय, मेशीन ट्रली  २५ रुपैया , नर्स डिउटी टेबुल धारासहित  १००, लेजर प्रिन्टर  २ सय, सामसुङ वासिङ मेशीन  १ सय, आल्मुनियम सिढी  ५० रुपैया, ग्याँस गिजर  १ सयलगायत २ सय ८२ वटा सामान कौडीको मूल्यमा बिक्री गरेको पाइएको छ । 

 


    १ क्विन्टलसम्म वजन रहेको फलामे बेड मात्र रु ४५ मा बिक्री गरिएको छ । जबकि बजारमा कबाडी खुद्रा मूल्यमा प्रतिकिलो फलाम रु २२ मा बिक्री हुँदै आएको छ । महँगो मूल्यका प्लास्टिक तथा इलेक्ट्रोनिक सामान कबाडी मूल्य लगाई बेचेको देखिन्छ ।

 


    चालू हालतमा रहेको र सामान्य मरम्मतपछि प्रयोग गर्न सकिने एक्सरे मेशिन पनि कौडीको मूल्यमा बेचिएको छ । ठेक्का गर्नु अघि अस्पतालले विभागबाट स्वीकृति लिंदा विभागमा रहेका परामर्शदाता लाइफलाइन बबरमहलका केबी पौडेलले मूल्याङ्कन गरेको र सो आधारमा सामान बिक्री भएको अस्पतालको भनाइ छ । 

 


    कर्मचारी स्रोतका अनुसार १ करोडभन्दा बढी मूल्यको सो सामान ठेकेदार कम्पनीलाई रु ८८ हजार ९ सय ७ मा बिक्री गरेको र सो सामान ३ ट्रक, ४ ट्याक्टरमा लोड गरी ठेकेदारले लगेको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.