logo

प्रदेश लाई प्राविधिक शिक्षाको हव बनाउनु पर्दछ - मुख्यमन्त्री राउत

      4/4/2018 गते 00 00 मा प्रकाशित     760   पटक पढिएको


जनकपुरधाम २१ चैत  । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफुहरु उन्मुख रहेको बताएका छन । 


समाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पारम्परिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने प्रष्ट पारे ।

 

उनले  अबको दिनमा प्राविधिक शिक्षामा जोड दिने निति बनाउन समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिए । 


प्राविधिक शिक्षाका लागी सीटीईभीटीले विभिन्न बखेडा झिक्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको नीति बमोजिम प्राविधिक शिक्षाको लागि निश्चित मापदण्ड अनुरुप अनुमति दिनेकुरामा बखेडा नझिक्न सीटीइभिटीलाई गआग्रह गरे ।

 


प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफैमा दक्ष हुने र त्यसले प्रदेश तथा मुलुकलाई समेत फाइदा हुने भएकाले प्रदेश सरकारले प्राविधिक शिक्षालाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेको जानकारी दिए। 


विगतमा यस प्रदेशका कलेजहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत ख्याती प्राप्त गरेको भएपछन पछिल्लो समयमा धारासायी हुनुमा सबै पक्षको कमजोरी रहेको औल्याउदै उनले पुनः त्यो ख्याती स्थापित गर्न  सम्बन्धित निकायलाई निर्देशन समेत दिए । 

 


प्रदेश नं . २मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालयभन्दा बाहिर रहेको तथ्यांक उदेक लाग्दो रहेको बताउदै उनले सबै बालबालिकालाई विद्यालयमा पु¥याउन प्रदेश सरकारले आफनो सय दिने कार्यक्रममा बेटी पढाउ बेटी बचाउ, दलित बालबालिकाका लागि विशेष शिक्षा योजना सहितको कार्यक्रम ल्याएको बताए । उनले सरकारको यो अभियान सफल पार्न अधिकारीहरुलाई निर्देशन दिए। 

 


समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दहाल, समाजिक विकास मन्त्रालयका सचिव डा. किरण रुपाखेती, प्रदेशका मुख्य सचिव राजेश्वरमान सिंह सहितका वक्ताहरुले सम्बोधन गरेको थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.