logo

प्रदेश लाई प्राविधिक शिक्षाको हव बनाउनु पर्दछ - मुख्यमन्त्री राउत

      4/4/2018 गते 00 00 मा प्रकाशित     855   पटक पढिएको


जनकपुरधाम २१ चैत  । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफुहरु उन्मुख रहेको बताएका छन । 


समाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पारम्परिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने प्रष्ट पारे ।

 

उनले  अबको दिनमा प्राविधिक शिक्षामा जोड दिने निति बनाउन समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिए । 


प्राविधिक शिक्षाका लागी सीटीईभीटीले विभिन्न बखेडा झिक्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको नीति बमोजिम प्राविधिक शिक्षाको लागि निश्चित मापदण्ड अनुरुप अनुमति दिनेकुरामा बखेडा नझिक्न सीटीइभिटीलाई गआग्रह गरे ।

 


प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफैमा दक्ष हुने र त्यसले प्रदेश तथा मुलुकलाई समेत फाइदा हुने भएकाले प्रदेश सरकारले प्राविधिक शिक्षालाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेको जानकारी दिए। 


विगतमा यस प्रदेशका कलेजहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत ख्याती प्राप्त गरेको भएपछन पछिल्लो समयमा धारासायी हुनुमा सबै पक्षको कमजोरी रहेको औल्याउदै उनले पुनः त्यो ख्याती स्थापित गर्न  सम्बन्धित निकायलाई निर्देशन समेत दिए । 

 


प्रदेश नं . २मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालयभन्दा बाहिर रहेको तथ्यांक उदेक लाग्दो रहेको बताउदै उनले सबै बालबालिकालाई विद्यालयमा पु¥याउन प्रदेश सरकारले आफनो सय दिने कार्यक्रममा बेटी पढाउ बेटी बचाउ, दलित बालबालिकाका लागि विशेष शिक्षा योजना सहितको कार्यक्रम ल्याएको बताए । उनले सरकारको यो अभियान सफल पार्न अधिकारीहरुलाई निर्देशन दिए। 

 


समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दहाल, समाजिक विकास मन्त्रालयका सचिव डा. किरण रुपाखेती, प्रदेशका मुख्य सचिव राजेश्वरमान सिंह सहितका वक्ताहरुले सम्बोधन गरेको थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.