logo

चितवनको माधवपुरमा कुखुरामा बर्ड फ्लु भएको आशंका, एकै व्यक्तिको ३ हजार ७ सय कुखुरा मरे

      4/5/2018 गते 00 00 मा प्रकाशित     1107   पटक पढिएको

शिशिर सिंखडा
चितवन, २२ चैत्र ।
चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि आफ्नो कुखुरामा बर्ड फ्लु लागेको हुनसक्ने सो फर्मका सञ्चालक अमृत लामिछानेले बताए ।

 

लामिछाने पोल्ट्री फर्म द्रोण प्रसाद लामिछानेको नाममा दर्ता भएपनि फर्मको सबै कारोबार उनका कान्छा भाइ अमृत लामिछानेले हेर्दै आएका छन् । 
विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फर्ममा यति ठूलो मात्रामा लेयर्स कुखुरा मरेको थाहा पाई आज बिहिबार दिउसो १ बजे जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल र पशु चिकित्सक डा. विकाश श्रेष्ठ सोही फर्ममा पुगेका थिए ।

 

कुखुराको खोरको अवलोकन पछि कार्यालय प्रमुख खरेलले छोटो समयमा यति धेरै मात्रामा कुखुरा मर्नुले बर्ड फ्लुको आशंका भएपनि ल्याब परीक्षणको रिपोर्ट नआई भन्न नसकिने बताए । त्यस्तै पशु चिकित्सक डा. विकाश श्रेष्ठले पनि आशंका भएको छ तर रिपोर्ट आएपछि यथार्थ भन्न सकिने उनको भनाइ थियो । 


कसरी शुरु भयो त रोग ?
गत चैत्र १५ गते बेलुका हावाहुरी आएपछि साझ ३ वटा कुखुरा मरेको सञ्चालक अमृत लामिछानेले बताए । १६ गते बिहान उठेर खोरमा जाँदा १४ वटा कुखुरा मरेको देखेपछि उनले काम विशेषले काठमाडौं गएका दाइ द्रोण लामिछानेलाई फोन गरे । दाइको सल्लाह अनुसार उनले तत्काल कुखुराको परीक्षणको लागि भरतपुर पुगे ।

 

१६ गतेको पशु सेवा कार्यालयको रिपोर्टमा ‘एआइभी पोजिटिभ’ रिपोर्ट देखिएको थियो । सो रिपोर्ट कुनै रोगको लक्षण हो भन्ने थाहा पाएपछि थप परीक्षणको लागि काठमाडौ पठाउनुपर्ने थियो । उनीहरुले पठाइदिएनन्, लामिछानेले दुःखेसो गरे । मैले पटक पटक काठमाडौको रिपोर्ट नआएको गुनासो गरेपछि सुनुवाई भएन ।

 

त्यसको लगत्तै मैले पुनः चैत्र २० गते भरतपुरमा नै कुखुरा परीक्षणको लागि स्याम्पल लिएर गएको थिए, उनले भने । त्यतिखेर खोरमा करिव १ हजार ५ सय कुखुरा मरिसकेका थिए, लामिछानेले भने ।

 

त्यस दिनको रिपोर्टमा पनि पहिलाको जस्तै पोजिटिभ रिपोर्ट आएपछि बल्ल परीक्षणको लागि जिल्लाबाट स्याम्पल काठमाडौ पठाइएको थियो, उनले भने । पटक पटक हामीले जिल्ला पशु सेवा कार्यायलमा निरीक्षणको लागि अनुरोध गर्दा पनि यसतर्फ सुनुवाइ नभएको उनले गुनासो पोखे ।

 

आज वहाँहरु निरीक्षणमा आउँदा ढिलो भइसकेको थियो । करिब करिब सबै कुखुराहरु सकिने अवस्था थियो ।
कुखुरा फर्म सञ्चालकलाई भएको क्षति
लोमेन जातको लेयर्स कुखुराले अण्डा दिन थालेको ३ महिना भएको थियो । ५ हजार १ सय कुखुरा मध्ये ९९ प्रतिशत कुखुराबाट अण्डा उत्पादन भईरहेकोमा अचानक रोग लागेपछि अहिले फर्म सञ्चालकलाई कुखुरा गाड्ने ठाउँ समेत अभाव भएको छ । 


उनको ५ सय अट्ने २ वटा खोरका सबै कुखुरा मरेर खोर खाली भएको छ । २ हजार अट्ने अर्को ठूलो खोरमा करिब ३ सय जिउँदा कुखुरा देख्न सकिन्छ भने सो खोरमा मरेका कुखुराहरु थुप्रा थुप्रा लगाई राखिएको छ ।

 

अर्को २ हजार १ सय कुखुरा हालेको खोरमा १ हजार १ सय कुखुरा जिउँदा देखिन्छन् भने मरेका कुखुराहरु थुप्रो थुप्रो र ठाउँ ठाउँमा खोरभित्रै ढलेको देखिन्छ भने केही ढल्दै गरेको पनि देखिन्छ । 


सञ्चालक लामिछानेका अनुसार अब करिव १ हजार ४ सय कुखुरा जिउँदा भएपनि २ दिनभित्रमा कुखुरा सबै सकिने अवस्थामा छ, उनले दुखेसो पोखे । कृषि विकास बैंक भरतपुर शाखाबाट ४७ लाख रुपैया ऋण लिई कुखुरापालन गर्दै आएका लामिछाने परिवारले अब ऋण कसरी तिर्ने भन्नेमा समस्या भएको बताए । सामान्यतया प्रति कुखुरा ८ सयको दरले पनि करिव ४० लाख रुपैया भन्दा बढी क्षति भएको समेत उनले बताए । 


बर्ड फ्लुको आशंकामा परिवारजनले घर छाडे
१ हप्तादेखि कुखुरा मर्न थालेपछि लामिछाने परिवारका ५ जना बालबच्चा र बुबाआमा रत्ननगरको टाँडी क्षेत्रमा गएर बस्न थालेका छन् । उनीहरु विगत ४ दिनदेखि माधवपुरको घर छाडेर गएका हुन् ।

 

रोगको आशंकाले उनीहरु घरभन्दा करिव ६ किलोमिटर तल रहेको जेठो छोराको डेरामा गएर बस्न थालेका छन् । विशेषगरी केटाकेटी र वृद्धवृद्धालाई भाइरसले चाडै आक्रमण गर्न सक्ने आशंकाले उनीहरुले घर छाडेको बताइएको छ । 


सञ्चालक लामिछानेलाई ३ दिनदेखि मरेका कुखुरा गाँड्न भ्याईनभ्याई
फर्मका सञ्चालक अमृत लामिछानेले मरेका कुखुरा गाँड्न थालेको करिव १ हप्ता हुनै लाग्यो । विगत ३ दिनदेखि धेरै मात्रामा कुखुरा मर्न थालेपछि उनले बिहानदेखि बेलुकासम्म खेताला समेत लगाई कुखुरा गाँडेका छन् ।

 

उनले शुरुमा खाल्डो खनी ४ सय कुखुरा गाँडेका थिए भने १८ गते पुनः २ वटा खाल्डो खनी करिव ७–७ सय कुखुरा गाँडेका थिए । त्यसपछि कुखुरा झन् मर्ने क्रम बढेपछि २१ गते ठूलो खाडल खनी १ हजार ३ सय कुखुरा एकैठाउँमा पुरेका थिए ।

 

उनले आज पनि आफु, श्रीमती र खाडल खन्ने खेताला समेत लगाई गहिरो इनार जस्तो खाडल खनेका छन् । हालसम्म उनले ५ वटा खाडल खनेर कुखुरा गाडेको देखाएका थिए ।

सो कुखुरा पुरेको ठाउँ वरपर दुर्गन्ध समेत फैलिएको छ भने अब उनको बारीमा थप कुखुरा गाँड्ने ठाउँ समेत अभाव देखिएको छ । 


मरेका कुखुराको ल्याव परीक्षण कहाँ हुँदैछ ?
२ पटकसम्म १६ गते र २० गते भरतपुर स्थित जिल्ला पशु सेवा कार्यालयमा परीक्षण गरिएको रिपोर्टबाट कुखुरामा ‘एआइभी पोजिटिभ’ देखिएको थियो ।

 

सो रोग देखिएपछि काठमाडौ पठाइएको स्याम्पल छिटो छिटो भन्दा परीक्षण गर्न पटक पटक काठमाडौं स्थित कार्यालयका प्रमुख डिकरदेव भट्टलाई पटक पटक फोन गरेको सञ्चालक द्रोण प्रसाद लामिछानेले बताए ।

 

आजपनि धेरैपटक मैले फोन गरे, ३ बजे दिउसो आउने भनेको रिपोर्ट आएको छैन, १ हप्ता भयो खोरको कुखुरा मरेर सकिइ सक्यो, उनले भने । 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.