logo

परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न

      4/6/2018 गते 00 00 मा प्रकाशित     896   पटक पढिएको

बीरगंज २३ चैत ।

जिल्ला समन्वय समिति पर्सा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेह बनाउने   परियोजनाको जिल्लास्तरीय परामर्श बैठक शुक्रवार  गते जिल्ला समन्वय समिति पर्सामा सम्पन्न भएको छ ।

 

कार्यक्रममा औनपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक )का पर्साका प्रतिनिधि के.सी.लामिछाने परियोजनाको बारेमा जानकारी गराएका थिए ।  

 

खाद्य, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारले ग्रामीण तहसम्म उपलब्ध गराएको सेवा सुविधा स्थानीय नागरिकले उपभोग गर्न पाए नपाएको विषयमा  निगरानी समुह बनाएर काम भइरहेको उनले बताए ।

 

स्वास्थ्यको क्षेत्रमा भौतिक संरचनाहरु बनेको तर ती हस्तान्तरण नभएर ग्रामीण बासिन्दाले प्रभावकारी स्वास्थ्य सेवा नपाएकोमा जिल्ला स्तरीय  तथा गाउँमा गठन भएको मानव अधिकार निगरानी समुहको पहलमा स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण भएको उनले बताए ।

 

समुहको पहलकमदीमा पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा निर्माण भएको स्वास्थ्यचौकी  गएको मंसिर ६ गते समुदायलाई हस्तान्तरण भएको हो । उनले त्यस्ता संरचना हस्तान्तरणको वातावरण बनाउन गाएामा गठन भएका समूह र  जिल्ला स्तरीय समुहले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला जनस्वास्थ्य कार्यलय पर्सालाई  ध्यानाकर्षण गराएको स्मरण गराए  ।

उनले समुहले शिक्षाको गुणस्तरीयताकालागि बिद्यालयसंग सरोकारवालाहरुसंग छलफल कृषि र पशु प्राविधिकहरु किसानहरुसंग गुणस्तरीय बाली उत्पादन तथा पशुपालनका बिषयमा अन्तरक्रिया गर्ने गरेको बताए । उनले सीमान्तकृत समुदायले राज्यले दिएको सेवाका बारेमा जानकारी नपाएको र समुहले त्यस बिषयमा जानकारी दिने गरेको समेत बताए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत सचिदानन्द सिंह अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक)ले आर्थिक तथा सामाजिक सांस्कृतिक अधिकारको क्षेत्रमा प्रभावकारी काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

 

जिल्ला समन्वय समिति पर्साका निमित्त स्थानीय बिकास अधिकारी धर्मराज थापाले  राज्यले दिएको सेवालाई प्रभावकारी कार्यान्वयनको लागि सहयोगी भूमिका निर्वाह गरेकोमा इन्सेक र मानव अधिकार निगरानी समूहलाई धन्यवाद दिए ।

 

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुर न्यौपानेले इन्सेकले नागरिकको अधिकारको प्रत्याभूती संरक्षण र परिपूरणको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनले पर्साको दुईवटा वडामा मात्र कार्यक्रम संचालन भएकोमा कार्यक्षेत्र बिस्तारकालागि आग्रह गरे ।

 

कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय पर्साका प्रमुख बीरेन्द्र सिन्हा,नेपाल बार एशोसिएशन पर्साका सचिव हरेराम सर्राफ,घरेलु तथा साना उधोग कार्यालयका प्रमुख  सुर्दशन आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.