logo

चौतारी सेन्टरको बैठक सम्पन्न,चौहानको नेतृत्वमा रहेको प्यानललाई जिताउने निर्णय

      4/24/2018 गते 00 00 मा प्रकाशित     1443   पटक पढिएको

बीरगंज १२ बैशाख । 
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साको संयुक्त बैठक बुधवार बीरगंजमा सम्पन्न भएको छ ।

ब्यवसायीक मर्यादा र श्रमजीवी पत्रकारको पेशागत हितका लागि प्रेस चौतारी नेपाल ,नेपाल प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

 

तीनै संगठनको तर्फबाट बैठकले दीपेन्द्र चौहानको नेतृत्वमा रहेको संयुक्त प्यानललाई बिजयी गराउनकालागि बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । 


बैठकमा तीनवटै संगठनले केन्द्रमा निर्माण गरेको गठबन्धनलाई कमजोर र बिकृत तुल्याउने कुनै पनि हरकत सह्य नहुने निर्णय गरेको छ । 


संयुक्त प्यानलको खिलाफमा जाने गतिविधि र र अभिब्यक्ति दिने दुबै संगठनका जो कोही सदस्यहरु कारवाहीको दायरामा आउने बैठकले निर्णय गरेको छ ।

 

बैठकले ब्रोडकास्टिङ एशोशिएसन अफ नेपालका प्रदेश २ का संयोजक आर.सी.यादव माथि भएको कुटपीटको कडा शब्दमा निन्दा गरेको छ । पत्रकारिता पेशा प्रति पश्न खडा गर्ने यसता गतिविधि दुःखदायी भएको बैठकले निर्णय गरेको छ । 


बैठकमा प्रदेश २ का नेपाल पत्रकार महासंघका उपाध्यक्षका उम्मेदवार के.सी.लामिछाने सदस्यका उम्मेदवार जगत राई  अको¥यावका महासचिव गोविन्द देवकोटा,नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य महेश दास ,  श्याम बन्जारा, शत्रुघन नेपाल, महेशचन्द्र गौतम, अरबिन्द सिँह, निरज पिठाकोठे तिवारी यादब, जितेन्द्र साह, मनोज पटेल, सन्तोष पटेल, सफल खतिवडा, ग्यासु मियाँ, बिजय भण्डारी,बृजलाल पासवान, संजिब मिश्र, पुष्पराज तिमल्सिना, बिनोद परियार, राकेश साह लगायतको सहभागिता रहेको थियो । बैठक अनुप तिवारीको अध्यक्षतामा भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.