logo

 गाउँपालिका उपप्रमुख चौधरी प्रहरी नियन्त्रणमा,रक्सीका कारण चल्यो गोली

      5/6/2018 गते 00 00 मा प्रकाशित     921   पटक पढिएको

कृष्णमोहन साह
सेढवा २४ बेशाख । 
पर्सा प्रहरीले जिराभवानी गाउँपालिकाका उपप्रमुख उषा चौधरीलाई नियन्त्रणमा लिएको छ ।
हिजो इलाका प्रहरी कार्यालय सेढवामा स्थानीय र प्रहरीकावीच भएको झडप उनकै निर्दैशनमा भएको भन्दै चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ । 
    हिजो भएको झडपमा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको थियो । प्रहरीलाई नै अपहरण गर्न खोज्ने ४ जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । तिनै भारतीयलाई छुटाउनकालागि स्थानीयले प्रहरी कार्यालय घेराउ गर्दा हिजो झडप भएको हो । प्रहरीले भारत बिहारको बेतिया जिल्लाको भंगाहा थाना अन्र्तगत पर्ने शिसवा निवासी बजरंगी गौरो ,रामप्रवेश गौरो,बिष्णुभर गौरो,र दिनदयाल महतोलाई पक्राउ गरेको हो ।
हिजो नेपाल प्रवेश गरि मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा चार जना सवार भएर भारत तर्फ फर्कन खोज्दा सीमावर्ती चौकी बलुवा नजिक डिउटीमा खटिएको प्रहरीले चेकजाँचको क्रममा रोकी सम्झाउदा प्रहरीलाई नै गाली गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुईजनालाई उनीहरुकै मोटरसाइकलमा र अन्य दुई जनालाई प्रहरीको मोटरसाइकलमा राखी प्रहरी हवल्दार बीर बहादुर गुरुङले ल्याउन खोज्दा प्रहरी हवलदार गुरुङलाई उनीहरुले भारत तर्फ लगेका थिए । अपहरण शैलीमा प्रहरी हवलदार लिएर भारत तर्फ गइरहेकाहरुलाई भारतीय प्रहरी एसएसवीको टोलीले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको थियो । 
प्रहरीलाई अपहरण गर्न खोजेको आरोपमा उनीहरुलाई कारवाही अगाडि बढाउन इलाका प्रहरी कार्यालय सेढवामा ल्याएपछि स्थानीय आक्रोशित भएका हुन । स्थानीयहरुले आफना आफन्तलाई प्रहरीले फसाउन खोजेको भन्दै  प्रहरी बिरुद्ध राती आठ बजे देखी नारावाजी गरेका थिए ।
स्थानीयले प्रहरीको बा २ ब ५७०५ तथा ना १४ प ४५७७ नम्बरको सरकारी मोटर साइकल जलाएका छन । जिल्ला प्रहरी कार्यालय पर्साको मोटरमा समेत तोडफोड गरेका छन । स्थानीय बासी तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले जानकारी दिनु भयो  अहिले त्याहाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.