logo

जगतगुरु शंकराचार्य  बीरगंज आउने , समाजसेवी  बैद्यको अध्यक्षतामा  स्वागत  समिति गठन 

      5/15/2018 गते 00 00 मा प्रकाशित     1021   पटक पढिएको

बीरगंज, १ जेष्ठ । 

नेपालको आर्थिक राजधानी एवं ऐतिहासिक शहर बीरगंजमा जेष्ठ ६ गते जगत गुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराज आउने भएका छन् । मुल समारोह समितिका अध्यक्ष अशोक बैद्यले मंगलवार रानीसती धर्मशालामा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएका हुन ।

 

जगतगुरु शंकराचार्य जेष्ठ ६ गते बीरगंजमा आगमन हुने र साँझ ४ बजे घण्टाघरमा भब्य स्वागत गरिने बैद्यले बताए ।  बीरगंजको एतिहासिक एवं प्रसिद्ध गहवा माई मन्दिर, अलखिया मठ, महाबीर मन्दिरमा विशेष पुजापाठ गर्नुका साथै शभा यात्रा सहित नगर परिक्रमा गरि गोपाल मण्डली धर्मशालामा समापन गरिने कार्यक्रम रहेको उनले जानकारी दिए।

      बैद्यका अनुसार जेष्ठ ७ गते विहान ९ः३० बजे शंकराचार्य सँग दर्शन भेट, १०ः३० बजे दिक्षा एवं १२ः०० बजे पादुका पुजन गर्ने र साँझ ४ बजे आर्दश नगर रंगशालामा हिन्दू धर्म जागरण सभा एवं नागरिक अभिनन्दन गर्नुका साथै बेलुकी ७ बजे गोपाल मण्डलीमा जगत गुरु शंकराचार्यको पत्रकार सम्मेलन  गर्ने र जेष्ठ ८ गते विहान ८ बजे विशेष विदाई समारोह कार्यतालिका रहेको बैद्यले बताए।

जेष्ठ ७ गतेको विशेष कार्यक्रममा प्रदेश नं. २ प्रमुख महामहिम रत्नेश्वरलाल कायस्थको विशेष उपस्थिति रहने छ । कार्यक्रम सफल एवं भब्य, सभ्य बनाउनका लागि समाजसेवी अशोक बैद्यको अध्यक्षतामा १ सय ५१ सदस्यीय स्वागत मुल समिति समेत गठन भएको छ ।

पत्रकार सम्मेलनमा स्वागत मुल समितिका उपाध्यक्ष माधव राजपाल, सचिवद्धय डा अनिल झा, मदन गुप्ता, हिन्दु परिषद् नेपालका केन्द्रीय  अध्यक्ष एवं स्वागत मुल समितिका मिडिया प्रमुख संतोष पटेल, पादुका पुजन समितिका संयोजक पंडित पुरुषोत्तम दुुबे, हिन्दु परिषद नेपाल पर्सा जिल्लाका अध्यक्ष एवं दिक्षा समितिका संयोजक धर्मेन्द्र पटेल, स्वागत समितिका सदस्य एवं सानो पाइलाका कार्यक्रम निर्देशक अजितम पाण्डे, स्वागत समितिका सदस्य एवं हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य लालबाबु कुर्मी सहित अन्य सदस्य एवं संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

जगतगुुरु शंकराचार्यको तीन दिने बीरगंज कार्यक्रमलाई भब्य अन्य एतिहासिक बनाउन स्वागत मुल समितिका अध्यक्ष अशोक बैद्यले यस भेगका राजनीतिक दलका अगुवा, समाजसेवी, नागरिक समाज, संचारकर्मी, प्रहरी प्रशासन एवं सरोकारवाला संघसंस्थाहरुलाई कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.