logo

एम्बुलेन्स नेताले गरे एम्बुलेन्स हस्तान्तरण,ब्लोदानको अध्यक्षमा पूनःनेपाल

      5/19/2018 गते 00 00 मा प्रकाशित     983   पटक पढिएको

बीरगंज ५ जेठ ।
    ब्लड डोनर्स एसोसिएसन पर्साको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
    टिबडेवाल धर्मशाला वीरगंजमा आयोजित साधारणसभाको १४३ पटक रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल नेपाली महिला रक्तदाता नीता घिरैयाले उद्घाटन गरेकी थिइन् ।


       घिरैयाले १४ वर्षको उमेरदेखि हाल ५२ वर्षको उमेरसम्म निरन्तर ३८ वर्षसम्म रक्तदान गर्दै आएको बताइन् । 
कार्यक्रममा पूर्व सांसद विचारीप्रसाद यादवले आपूm सांसद हुँदा संसदीय विकास कोषबाट ब्लड डोनर्स एसोसिएसन पर्साको नाममा उपलब्ध गराएको एम्बुलेन्सको चाबी ब्लोदान पर्साका अध्यक्ष शत्रुघ्न नेपाललाई हस्तान्तरण गरेका थिए ।


    सो अवसरमा पूर्व सांसद यादवले २०३९ देखि २०५५ सालसम्म आपूmले ग्रामीण क्षेत्रबाट मोटरसाइकलमा बिरामीहरूलाई वीरगंज अस्पतालसम्म ल्याइ पु¥याउने गरेको स्मरण गर्दै त्यतिबेला गाउँमा आपूmलाई एम्बुलेन्स नामाकरण गरिएको हुँदा सो कुरालाई पूरा गर्न आपूm सांसद भएपछि एम्बुलेन्स सेवा सुचारु गराउने उद्देश्यले सहयोग गरेको बताएका थिए ।


    नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणाले रगतको सबैभन्दा बढी आवश्यकता महिलालाई पर्ने र पर्साको सन्दर्भमा महिला रक्तदाताहरूको सङ्ख्या न्यून रहेकोमा चिन्ता व्यक्त गरिन् । 


    नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य महेश दासले रक्तदान कार्यक्रमलाई सञ्चारकर्मीहरूले निरन्तररूपमा सहयोग र सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिइरहने बताए ।


    नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारी,  डा.लक्ष्मी थापा , वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अनिल अग्रवाल ,ब्लड डोनर्स एसोसिएसनका महासचिव सानुबाबू प्रजापति जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष निशान्त लामिछाने, ब्लोदानका केन्द्रीय सदस्य किशोरराज पन्तलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


    साधारणसभामा रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले स्वागत गरेका थिए भने सचिव अरविन्द सिंहले कार्यक्रमको सहजीकरण गरेका थिए ।


    यसैबीच, आज सम्पन्न साधारणसभाले नेपालकै अध्यक्ष्ँतामा नयाँ कार्यसमितिको गठन गरेको छ ।
    नवगठित कार्यसमितिको उपाध्यक्ष रोशन श्रेष्ठ, सचिव अरविन्द सिंह, सहसचिव उमेश गुप्ता, कोषाध्यक्ष निशान्त लामिछानेलगायतका सदस्यहरू छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.