logo

प्रदेश दुईका संचारमाध्यमलाई राहतपूर्ण वर्गिकरण गर्न २ नम्बर प्रदेश महासंघको आग्रह

      5/19/2018 गते 00 00 मा प्रकाशित     1009   पटक पढिएको

जनकपुरधाम ६ जेठ । 
नेपाल पत्रकार महासंघ प्रादेशीक समिति प्रदेश नं २ ले पत्र पत्रिकाको वर्गिाकरण गर्दा प्रदेश २ का पत्रिकाहरुलाई राहतपूर्ण सूचीमा राख्न प्रेस काउन्सिल संग आग्रह गरेको छ । 


प्रादेशीक समितिको जनकपुरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । गतवर्ष आएको बाढीका कारण प्रदेश दुईका संचार माध्यमहरु प्रभावित भएको तथ्यलाई मनन गर्दै  वर्गिकरणलाई राहतपूर्ण बनाउनु पर्ने भन्दै बिना भेदभाव बर्गिकरण गर्न बैठकले सुझाव समेत दिएको छ । 


प्रादेशिक समितिका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रादेशिक समितिको निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रिय निर्वाचन समिति,जिल्ला स्थित निर्वाचन समितिहरु, नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, नेपाल पत्रकार महासंघ धनुषा शाखा सहित ८ वटै जिल्ला शाखाहरु, सम्पूर्ण मतदाता पत्रकारहरु, नेपाल पत्रकार महासंघका शुभचिन्तक, सहयोगीहरु सबैमा बैठकले  हार्दिक अभार तथा  धन्यवाद ज्ञापन गरेको  बैठक पछि महासचिव किरण कर्णले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 


बैठकले नेपाल पत्रकार महासंघ प्रादेशीक समितिको कार्यालय व्यवस्थापन तथा संचालन प्रदेश दुईको प्रशासनीक मुख्यालय जनकपुरमा गर्ने भएको त्यसको लागि आवश्यक ब्यवस्थापन गर्न  महासचिव किरण कर्णलाई र  कार्यालय संचालनकालागि अवश्यक भौतीक समाग्रीको ब्यवस्थापनको जिम्मा  कोषाध्यक्ष प्रवीण साहलाई दिइएको छ ।


    नेपाल पत्रकार महासंघको बैधानिक ब्यवस्था अनुरुप हुने गरि  नेपाल पत्रकार महासंघ प्रदेश २ कार्य समितिको राष्ट्रिय वाणिज्य बैंक जनकपुरमा खाता खोल्ने निर्णय भएको बिज्ञप्तिमा उल्लेख छ ।


बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषध्यक्ष राजेश मिश्र,केन्द्रीय सदस्य अवधेश झा,शैलेन्द्र झा समितिका सल्लाहकार बीरेन्द्र रमण सप्तरी शाखाका अध्यक्ष जितेन्द्र खर्गा, महोत्तरीका कमलेश मण्डल,धनुषाका अनिल मिश्र लगायतको सहभागिता रहेको थियो । 


प्रादेशिक समितिको बैठकको अर्को वैठक आउदो असार महिनामा  पर्सा जिल्लाको वीरगंजमा बस्ने निर्णय भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.