logo

प्रदेश दुईका संचारमाध्यमलाई राहतपूर्ण वर्गिकरण गर्न २ नम्बर प्रदेश महासंघको आग्रह

      5/19/2018 गते 00 00 मा प्रकाशित     914   पटक पढिएको

जनकपुरधाम ६ जेठ । 
नेपाल पत्रकार महासंघ प्रादेशीक समिति प्रदेश नं २ ले पत्र पत्रिकाको वर्गिाकरण गर्दा प्रदेश २ का पत्रिकाहरुलाई राहतपूर्ण सूचीमा राख्न प्रेस काउन्सिल संग आग्रह गरेको छ । 


प्रादेशीक समितिको जनकपुरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । गतवर्ष आएको बाढीका कारण प्रदेश दुईका संचार माध्यमहरु प्रभावित भएको तथ्यलाई मनन गर्दै  वर्गिकरणलाई राहतपूर्ण बनाउनु पर्ने भन्दै बिना भेदभाव बर्गिकरण गर्न बैठकले सुझाव समेत दिएको छ । 


प्रादेशिक समितिका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रादेशिक समितिको निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रिय निर्वाचन समिति,जिल्ला स्थित निर्वाचन समितिहरु, नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, नेपाल पत्रकार महासंघ धनुषा शाखा सहित ८ वटै जिल्ला शाखाहरु, सम्पूर्ण मतदाता पत्रकारहरु, नेपाल पत्रकार महासंघका शुभचिन्तक, सहयोगीहरु सबैमा बैठकले  हार्दिक अभार तथा  धन्यवाद ज्ञापन गरेको  बैठक पछि महासचिव किरण कर्णले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 


बैठकले नेपाल पत्रकार महासंघ प्रादेशीक समितिको कार्यालय व्यवस्थापन तथा संचालन प्रदेश दुईको प्रशासनीक मुख्यालय जनकपुरमा गर्ने भएको त्यसको लागि आवश्यक ब्यवस्थापन गर्न  महासचिव किरण कर्णलाई र  कार्यालय संचालनकालागि अवश्यक भौतीक समाग्रीको ब्यवस्थापनको जिम्मा  कोषाध्यक्ष प्रवीण साहलाई दिइएको छ ।


    नेपाल पत्रकार महासंघको बैधानिक ब्यवस्था अनुरुप हुने गरि  नेपाल पत्रकार महासंघ प्रदेश २ कार्य समितिको राष्ट्रिय वाणिज्य बैंक जनकपुरमा खाता खोल्ने निर्णय भएको बिज्ञप्तिमा उल्लेख छ ।


बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषध्यक्ष राजेश मिश्र,केन्द्रीय सदस्य अवधेश झा,शैलेन्द्र झा समितिका सल्लाहकार बीरेन्द्र रमण सप्तरी शाखाका अध्यक्ष जितेन्द्र खर्गा, महोत्तरीका कमलेश मण्डल,धनुषाका अनिल मिश्र लगायतको सहभागिता रहेको थियो । 


प्रादेशिक समितिको बैठकको अर्को वैठक आउदो असार महिनामा  पर्सा जिल्लाको वीरगंजमा बस्ने निर्णय भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.