logo

निजी बिद्यालयको मनोमानी शुल्क निर्धारणको बिरुद्ध नेविसंघले मोर्चा कस्यो

      5/22/2018 गते 00 00 मा प्रकाशित     1135   पटक पढिएको


बीरगंज ८ जेठ । 
नीजि बिद्यालयले मनोमानी रुपमा लिएको शुल्क फिर्ताको माग गरेर नेपाल बिद्यार्थी संघ पर्साले पर्साका प्रमुख जिल्ला अधिकारीलाई मंगलवार ज्ञापन पत्र बुझाएको छ ।

    ज्ञापन पत्र मार्फत संघले नीजि बिद्यालयले चलाएको हैकम र संचालकहरुको मनोमानीलाई लगाम लगाउन माग गरेको छ । ०७५ बैशाख २२ गते शिक्षा बिज्ञान तथा प्रविधि मंत्रालयसंग भएको समझौताको पालना हुनु पर्ने माग राखेको संघले पर्सामा जिल्लामा अनुगमन टोली गठन हुनु पर्ने जोडदार माग गरेको छ ।

 

संघका जिल्ला संयोजक दीलीप कार्कीले नीजि बिद्यालयले १० प्रतिशत छात्रवृति पारदर्शी रुपमा बितरण गर्नु पर्ने उल्लेख भएपनि आफना नाता गोता र नजिकका मान्छेहरुलाई उपलब्ध गराईको दावी गर्दै त्यो छात्रबृति सार्वजनीक गरिनु पर्ने बताए । 


शुल्क मापदण्ड निर्देशशिका ०७२ को खिलाफमा गएर बिदालयहरुले शुल्क लिएकोले  त्यसलाई कानूनको दायरामा ल्याउन आफूहरुले पहल शुरु गरेको संयोजक कार्कीले बताए । बैशाख २२ को सम्झौता लागू गर्नु पर्ने मुख्य माग हो त्यो लागू नभए नेपाल बिद्यार्थी संघका अगाडि आन्दोलनको बाटोको बिकल्प नहरने उनले बताए । 

 

पर्सा जिल्लाको कालिकामाई गाउँपालिका स्थित सुकई साह मा.वि.मा गुणस्तरीय शिक्षा र दरबन्दी अनुसार शिक्षक नभएको कारणले विद्यार्र्थीले गरेको तालाबन्दी सहितको संघर्ष प्रति नेविसंघ पर्साले एक्यवद्धता जनाएको छ । संघले समस्याको समाधान यथाशिघ्र गर्न र त्यसो नभए आन्दोलनको सामना गर्नु पर्ने अवस्था आउने चेतावनी समेत दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.