logo

मानव अधिकारको अवस्था नाजुक हुदै गएको प्रति अधिकारकर्मीको चासो ,कमजोरी हुन नदिने प्रहरी प्रमुखको प्रतिवद्धता

      5/22/2018 गते 00 00 मा प्रकाशित     766   पटक पढिएको

बीरगंज ९ जेठ ।

पर्सा जिल्लाको बिग्रदो मानव अधिकारको अवस्थाको बारेमा मानव अधिकारकर्मीले चासो राखेका छन । बुधवार पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकाललाई भेटेर मानव अधिकारकर्मीले मानव अधिकार उल्लंघनको बिषयमा आफनो चासो ब्यक्त गरेका हुन । 


पर्सा जिल्लामा पछिल्लो समयमा घटनामा असम्बन्धीत मान्छेलाई पनि मुद्धा दर्ता गरेर दुःख दिन थालिएको भन्दै अधिकारकर्मीले चिन्ता समेत ब्यक्त गरेका छन ।

अपराधिक घटनाका दोषीहरु कानूनको दायरामा नआउने तर निर्दोषहरुले मुद्धा खेप्नु पर्ने अवस्था देखिएको प्रति आफूहरुले चासो ब्यक्त गरेको स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्ण खनालले बताए । अपराधीहरुले उन्मुक्ति पाउन तर निर्दोष नफसोस भन्ने बिधिशास्त्रको बर्खिलापमा गएर पर्सा प्रहरीले भूमिका निर्वाह गरेको भन्दै अधिकारकर्मीले पर्सा प्रहरीको ध्यानाकर्षण गराएका छन ।


श्रीमान श्रीमतीको झगडामा तेश्रो असम्बन्धीत युवालाई मुदा चलाएर हिरासतमा राखेको ,लागूऔषध गाजाको कारोवारमा असम्बन्धीत युवाहरुलाई मुद्धा चलाएको र बलात्कार जस्तो जघन्य अपराधका अभियुक्तहरु राजनीतिक संरक्षण पाएकै आधारमा कानूनको दायरामा ल्याउन नसकेको वर्तमान अवस्थामा  मानव अधिकार मैत्री वतावरणको निर्माण,मानव अधिकारको रक्षा ,प्रर्वद्धन र प्रत्याभूतीको लागि पर्सा प्रहरीको ध्यानाकर्षण गराइएको अध्यक्ष खनालले बताए । 


    पर्सा जिल्लामा  पछिल्ला दिनहरुमा प्रहरीको अनुसन्धान प्रक्रिया निकैनै आलोचीत हुदै आएको छ । अपराधमा संलग्न नभएका मान्छेहरुलाई पनि मुद्धा चलाउने काम भएको छ । पीडामा परेका ब्यक्तिहरुले न्यायको अनुभूती पाउन सकेका छैनन । राजनीतिक आडमा आग्रहपूर्ण ब्यवहार प्रहरीबाट हुनुलाई कदापी राम्रो मान्न सक्ने अवस्था छैन । तर्सथ नागरिकको जीउ धनको प्रमुख रक्षक नेपाल प्रहरीको भूमिका निष्पक्ष होस, न्यायको पक्षमा होस भन्नकालागि यो ध्यानाकर्षण गराइएको छ । अधिकारकर्मीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 


अधिकारकर्मीहरुको चासोलाई सम्मान गर्दै पर्साका प्रहरी प्रमुख रेवती ढकालले प्रहरीको तर्फबाट कमजोरी हुन नदिने प्रतिवद्धता जनाएको अध्यक्ष खनालले बताए । मानव अधिकारको सवालमा प्रहरी संगठन सम्बेदनशील रहेको उहाँले स्मरण गराउनु भयो अध्यक्ष खनालले भने । 


खनालको नेतृत्वमा गएको टोलीमा राजकुमार यादव,मुकेश सरावगी,ध्रुव अधिकारी नन्दकिशोर यादव ,लालबाबु सिंह,हरेन्द्र पटेल,दिपक साह कानु र दिपक पटेल लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.