logo

रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ - प्रम ओली

      5/27/2018 गते 00 00 मा प्रकाशित     970   पटक पढिएको

काठमाडौं १३ जेठ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताएका छन  । सरकारले पुरा गर्नसक्ने कामलाई मात्र नीति तथा कार्यक्रममा राखिएकोल महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताए  ।

 गत जेठ ७ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको आज जवाफ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

“यस बर्षको नीति कार्यक्रम कर्मकाण्डी मात्र होइन” प्रधानमन्त्री ओलीले भने “यसले रुपान्तरण र तिव्र विकासको लक्ष्य राखेको छ ।” प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा समृद्ध नेपाल र सुखी नेपालीको चाहना समेटिएको बताए  ।

 सरकारले सुशासन,स्वच्छता र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको प्रधानमन्त्री ओलीको भनाइ छ । पाँच बर्ष भित्र रक्सौल काठमाडौं रेल सेवा र ३ बर्षमा काठमाडौंमा मनोरेल सेवा सञ्चालन गर्ने प्रधानमन्त्रीको भनाइ छ । “ठुला विकासका कुरा बुझ्न केही समय लाग्छ त्यसकारण केही साथीहरुले बिरोध गर्नुभएको होला । कसैले  दिवास्वपना  पनि भन्नुभएको छ ” प्रधानमन्त्री ओलीले भने “रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ ।”

 प्रधानमन्त्री ओलीले देशका विभिन्न भागमा रहेका एयरपोर्टहरुलाई पूनः मरम्मत गरेर  सञ्चालनमा ल्याइएको बताए  । सप्तरीको राजबिराज र अछामको साँफेबगर विमानस्थल जस्तै अन्य विमानस्थललाई पनि चाँडै सञ्चालनमा ल्याइने प्रधानमन्त्री ओलीको भनाइ छ ।

 संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान आवश्यकता अनुसार संसोधन गरिने बताए  । प्रधानमन्त्री ओलीले आफूले सामाजिक सद्धभावमा आधारित राष्ट्रिय एकताको पक्षमा रहेको बताए  । प्रधानमन्त्री ओलीले सबैलाई एकताबद्ध भएर समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन ।

प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल दिनको २१ घण्टा सञ्चालन हुन थालेकोले अब आकासमा हुने टा«फिक जाम अन्त्य हुने बताए  ।

प्रतिपक्षी दलहरुले तीन बर्षमा हुने काम तीन महिनामा किन भएन भनेर गरेको प्रश्नप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने  “साथीहरुलाई म प्रति कत्रो विश्वास रहेछ । तीनबर्षमा हुने काम तीनै महिनामा गर्नेछ भन्ने विश्वासका आधारमा वहाँहरुले यस्तो प्रश्न गर्नुभएको हो ।”

प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिएका छन । संसदको बहुमतले आजै सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.