logo

प्रदेश २ को बीरगंज र जनकपुरमा  भव्यताका साथ मनाइयो गणतन्त्र दिवस 

      5/29/2018 गते 00 00 मा प्रकाशित     1039   पटक पढिएको

जनकपुरधाम, १५ जेठ  । प्रदेश नं .२को सरकारले आज गणतन्त्र दिवस भव्यताका साथ मनाएकोे छ । शहीदहरुको बलिदानी पश्चात मुलुकमा गणतन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै प्रदेश सरकारले गणतन्त्र दिवस मनाएको हो । 


दिवसको अवसरमा प्रदेश सरकारले मंगलवार विहान जानकी मन्दिरबाट शुरु गरेको प्रभात फेरी रामानन्द चौक, पिराडी चौक हुँदै जनकपुर चुरोट कारखाना स्थित कवर्डहल पुगेर सभामा परिणत भएको थियो । 


गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक एवं मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, उच्च अदालत जनकपुरका न्यायधीश, प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु व्यापक सहभागिता रहेको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरुको बलिदानीमा प्राप्त गणतन्त्रलाई अझै सुदृढ गर्दै लैजाने जिम्मेवारी सबैको रहेको बताए  । 


गणतन्त्रका प्रथम अभियन्ता रामराजा प्रसाद सिंहलाई स्मरण गर्दै मुख्यमन्त्री राउतले गणतन्त्र प्राप्तिका लागि बलिदानी दिने ज्ञात अज्ञात शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले २००७ सालको क्रान्ति देखी विभिन्न चरणको प्रजातान्त्रिक आन्दोलन, माओवादीको जनयुद्ध र मधेश विद्रोहको जगमा मुलुक लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति गरेको उल्लेख गरे। 


यस अघि हिजो विहान गणतन्त्र दिवसकै अवसर पारेर जानकी मन्दिर देखी रामानन्द चौक सम्म सरसफाई समेत गरिएको थियो ।


यसैवीच बीरगंजमा पनि स्वतन्त्र मानव अधिकार समाजाको आयोजनामा ११ औ गणतन्त्र दिवसको अवसरमा र्याली तथा कोण सभा सम्पन्न भएको छ । समाजको आयोजनामा नागरिक अगुवा ।

राजनीतिक दलका नेता तथा प्रशासनीक निकायका प्रमुखहरुको सहभागिता रहेको र्याली बीरगंजको घण्टाघरबाट शुरु भई आदर्शनगर परिक्रमा गरि पून घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

समाजका अध्यक्ष कृष्ण कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी.लामिछानेले शहीदको बलिदानीको जगमा स्थापित भएको गणतन्त्रलाई संस्थागत गर्न सबै एक हुनु पर्नेृ बताए । उनले नाताबाद कृपाबाद भ्रष्टाचार जस्ता बेथीतीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बिकृत र कमजोर बनाउने भएकोले नागरिक खवरदारीको सबदैव खाँचो रहेको बताए ।

 

नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले समाजवादी अर्थतन्त्रको माध्यमबाट नेपाली जनताको समृद्धि खोजी गरिनु पर्नेमा जोड दिए । उनले जनताको आकंक्षा र अपेक्षालाई नजरअन्दाज गरे गणतन्त्रप्रतिको नागरिक बिश्वास मरेर जाने तर्फ सचेत गराए ।

समाजका महासचिव ध्रुव अधिकारीले संचालन गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु बाबुराम कौशीक,शम्भु गुप्ता,राजपाका नेता राजेशमान सिंह नेजामुदिन समानी ,रम्भा मिश्र,समाजवादी महिला नेतृ बिना बैठा नेविसंघका पर्सा अध्यक्ष दिलीप कार्की नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको उपस्थिति रहेको थियो ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.