logo

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको बेथिति सुधार गर्न प्रगतीशील प्राध्यापकको माग

      5/29/2018 गते 00 00 मा प्रकाशित     3134   पटक पढिएको

बीरगंज १५ जेठ ।
नेपाल प्रगतीशील प्राध्यापक संगठन ठाकुरराम बहुमुखी क्याम्पस समितिले मंगलवार नि।क्याम्पस प्रमुख डा.प्रमोद कुमार कुश्वाहालाई ध्यानाकर्षण पत्र बुझाएको छ । 


क्याम्पस प्रशासनकै  नेतृत्वमा परीक्षामा अनियमितता हुनु, आर्थिक अनियमिता, वेथिति, प्राध्यापकको मानमर्दन, क्याम्पसलाई एउटा दल बिशेषको राजनीति अखडामा रुपान्तरण गरिनु जस्ता काम भएको आरोप लगाउदै संगठनले यस्ता काम अत्यन्त दुखद र लाजमर्दो पक्ष हुन पुगेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । 


मध्यतराईको प्रमुख शैक्षीक केन्द्रको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको अवस्थाको सुधार तथा विकासप्रति नेतृत्वको अनाकर्षण तथा वेवास्ताले शैक्षिक, प्रशासनिक, आर्थिक तथा परीक्षा लगायतका अवस्था दिनप्रतिदिन खस्किदै गएको प्रति संगठनले चिन्ता जाहेर गरेको छ ।


क्याम्पसमा सहायक क्याम्पस प्रमुखहरुको कार्यबिभाजन पनि आग्रहका आधारमा हुने गरेको ,शिक्षण अभ्यासका कार्यहरु अपारदर्शी भएको ,अस्थाका आधारमा मनोनय,नियुक्ति तथा जिम्मेवारी दिने काम भएको प्रति संगठनले गम्भिर चासो ब्यक्त गरेको छ ।

क्याम्पसमा हुने प्राज्ञीक छलफलमा मद्यपान गरेर  सहभागि हुनाले त्यसको गम्भिरताको खिल्ली उडाउने वतावरण निर्माण भएको भन्दै संगठनले यस्ता बेथिति सुधारमा तत्काल पहलकदमी लिन र सबैको अस्तितवलाई स्वीकार गरि अगाडि बढन क्याम्पस प्रशासनलाई आग्रह गरेको संगठनका अध्यक्ष बीरेन्द्र साहले बताएका छन ।


अध्यक्ष साहले देखिएका समस्याहरुको सहि निरुपणकोलागि क्याम्पस प्रशासनले चासो नदेखाए असमझदारी बढ्ने र त्यसले समस्याहरु झन जटिल बनाउने भएकोले पनि नेतृत्वलाई बेलैमा ध्यान दिन आग्रह गरेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.