logo

पर्साका सिडिओलाई पत्रकारको चुनौती दलाली गर्नेलाई कारवाही गर्न माग

      5/30/2018 गते 00 00 मा प्रकाशित     1434   पटक पढिएको

वीरगंज, १६ जेष्ठ।पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले जोशमा होश गुमाउदा ठुलो आलोचना खेप्नु परेको छ । जेठ १४ गते जिल्ला प्रशासन कार्यालयमा दुर्गन्धीत अवस्थामा रहेको शौचालयको रेडियो रिपोर्ट बनाउन गएका स्थानीय पत्रकार प्रणय साहलाई दलाली गर्न आएको भन्दै सात्तो लिएपछि प्रजिअको आलोचना हुन थालेको हो ।

रेडियो रिपोर्टकोलागि प्रजिअको वाइट लिन उनको कार्यकक्षमा प्रवेश गरेर नमस्कार मात्र गरेका पत्रकार साहलाई प्रजिअ पौडेलले “तपाई सेटिङ्ग मिलाउन आउनु भएको दलाली गर्न आउनु भएको भन्दै थर्काएका थिए । नमस्कार गरेको हात तल झर्न नपाउदै एक्कासी गाली खान थालेपछि पत्रकार साहले पनि प्रतिवाद गरे । उनको प्रतिवादमा प्रजिअ पौडेलले“बीरगंजका पत्रकारको धन्दा दलाली गर्नु हो मलाई राम्रैसंग थाहा छ ” भनेका थिए ।

प्रमुख जिल्ला अधिकारीको रौद्र रुप देखेपछि पत्रकार साहले मोवाईल अन गरे रेकर्ड गर्न थाले । रेर्कड गर्न थालेको देखेपछि कडकिएका प्रमुख जिल्ला अधिकारी नरम हुदै मात्र गएनन । पत्रकार साहको प्रशंसा गर्दै क्षमा याचना पनि गरे । तर ममिला यति किन सल्टिन्थ्यो र १५ गते प्रमुख जिल्ला अधिकारी ठोरी अनुगमनमा गएकोले बुधवार पर्सेली पत्रकारहरु साढे १० बजे दलवल सहित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षतिर लागे ।

 पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा सचिव युवराज खड्काले प्रमुख जिल्ला अधिकारीसंग समय माग गरेका थिए । समय लिएर गएका पत्रकारले ११ बजे सम्म प्रवेश नपाएपछि आक्रोश बढ्दो थियो । उता पत्रकारको दलबल देखेर नै होला पर्साका प्रहरी प्रमुख प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा प्रवेश गरे पछि मात्र पत्रकारलाई प्रवेश दिइयो ।

पत्रकारहरुको अगाडि पर्साका प्रमुख जिल्ला अधिकारी पौडेलले “आफूले सामुदायीक लांक्षना नलगाएको असमझदारीबस यस्तो भएकोमा क्षमा प्रार्थी छु ” । तर आधीघण्टा बाहीर प्रतिक्षा गर्नु परेको रिस समेत खेपेका पत्रकारले “पत्रकारीताको नाममा गोरखधन्दा चलाउने दलाली गर्नेहरुको बिषयमा छानविन गर्ने कारवाही गर्ने कुर्सी बसेर दालाल भन्न नपाइने भन्दै अनुसन्धान गरेर कारवाही गर्न चुनौती दिए” । प्रमुख जिल्ला अधिकारीले यस्तो गर्ने आँट गरे पत्रकार महासंघले सहयोग गर्ने समेत पत्रकारका अगुवाहरुले बचन दिएका थिए ।

पत्रकारहरुले शासकीय चिन्तन बोकेर पर्साका आएका प्रजिअलाई नियतमा समेत परिर्वतन ल्याएर काम गर्न चेतावनी दिएका छन । १० वर्ष अगाडि बीरगंज महानगरको कार्यकारी अधिकृत भएर बसेका प्रजिअ पौडेललाई बेला त्यही हो भन्ने नठान्न समेत पत्रकारले चेताएका छन ।

पत्रकारको टोलीमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने,पर्सा अध्यक्ष श्याम बन्जारा,पूर्व केन्द्रीय सदस्य महेश दास पर्साका उपाध्यक्ष अनुप तिवारी सचिव युवराज खडका भूषण यादव प्रदेश सदस्य जगत राई आर.के.पटेल शेखर छत्कुली श्रवण साह मनोज पटेल निरज पिठाकोटे लगायतका पत्रकारका बिभिन्न संसघसंस्थाका प्रतिनिधि तथा आम संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.