logo

समयमा काम सम्पन्न नगर्ने बिक्रम पाण्डेको कम्पनीले तिर्‍यो ९४ लाख जरीवाना

      5/31/2018 गते 00 00 मा प्रकाशित     923   पटक पढिएको

बुटवल १८ जेठ ।   
नेपालको नाम चलेको निर्माण कम्पनी कालिका कन्सट्रक्सनले ९४ लाख जरिवाना तिरेको छ । समयमै काम सम्पन्न नगर्ने पूर्व मंत्री बिक्रम पाण्डेको कम्पनीले सम्झौता अनुसार समयमा काम सम्पन्न नगरेकोले जरिवाना तिर्न परेको हो । 

निर्माणधिन बुटवल बेलहिया सडक बिस्तार आयोजना अन्तर्गत भैरहवाको सडक निर्माण र डण्डा पुल निर्माणको जिम्मेवारी लिएको कालिका तामाङ प्यासेफिक जेभीले उक्त जरीवाना तिरेको हो।

आयोजनाका अनुसार गत मंसिर महिनामा सम्पन्न हुनुपर्ने काम समयमा नसकेपछि उक्त कम्पनीले ९४ लाख ७९ हजार १ सय ४८ रूपैया राजश्वमा दाखिला गरिसकेको छ।

उक्त कम्पनीले असार मसान्तसम्म काम सके पनि उसको जरीवाना ३ करोड पचास लाख हाराहारी पुग्ने देखिएको छ।

ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया(बुटवलका प्रमुख जिवेन्द्र मिश्रले उतोकिएको समयमा काम सम्पन्न नगरेकोले जरीवाना गरिएको बताए।

कम्पनीलाई सम्झौताको सर्त र कावु बाहिरको परिस्थिति उत्पन्न भए प्राप्त गर्ने सुविधाको थप समय दिँदा पनि काम सम्पन्न नगरेकोले जरिवाना गरिएको  प्रमुख मिश्रले बताए।

सम्झौतामा बन्द हड्ताल, भूकम्प जस्ता कावु बाहिरको परिस्थिति श्रृजना भएमा निर्माण ब्यवसायीले उक्त अवधीमा काम हुन नसकेको भन्दै थप समय पाउने ब्यवस्था छ। सो बापत उक्त कम्पनीले ५० दिन समयको लाभ लिएको देखिन्छ।

आयोजनाले उक्त कम्पनीले निर्माण कार्य गरे बापत पाउनुपर्ने रकमबाट कट्टा गरी जरिवाना रकम राजश्वमा दाखिला गरिसकेको छ।

राप्रपा नेता बिक्रम पाण्डे, प्रताप तामाङ र ठाकुर कँडेलको साझेदारीमा रहेको उक्त कम्पनीले भैरहवाको अञ्चलपुरदेखि बर्मेलीटोलसम्म २ हजार २ सय मिटर र डण्डा खोलाको पुलसहित दायाँ बायाँ सडक निर्माण गर्नेगरी ४५ करोडमा ठेक्का पाएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.