logo

वीउवासंघद्वारा पत्रकार महासंघका पदाधिकारी तथा उद्यमी सम्मानीत

      6/8/2018 गते 00 00 मा प्रकाशित     934   पटक पढिएको

वीरगञ्ज, २५ जेष्ठ ।
पर्सा जिल्लाबाट नेपाल पत्रकार महासंघ प्रदेश नं २ को प्रादेशीक समितिमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई एक कार्यक्रकावीच सम्मान गरेको छ ।

 

बीरगंज उधोग वाणिज्य संघले नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दीपेन्द्र चौहान उपाध्यक्ष के.सी.लामिछाने र सदस्य जगत राईलाई सम्मान गरेको हो ।

 

त्यस्तै वीररञ्ज उद्योग वाणिज्य सङ्घको सदस्य प्रतिष्ठान बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिकामा अवस्थित सूर्य नेपाल प्रा.लि.लाई पनि संघले सम्मन गरेको छ ।

 

आ.व. २०७४÷०७५ मा वातावरणीय मापदण्ड पालना गर्ने क्रममा नेपालका उद्योगहरुमा वातावरण संरक्षणमा योगदान पु¥याए वापत प्रथम स्थान हासिल गरी अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा वन तथा वातावरणमंत्रालयबाट  पुरुष्कृत भएकोमा संघले सम्मान गरेको हो ।

 

उक्त सम्मान कार्यक्रममा सूर्य नेपाल प्रा.लि.का महाप्रबन्धक प्रभाकर विक्रम शाहले सम्मान ग्रहण गरेका थिए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष दीपेन्द्र चौहानले आफूहरु बीरगंज उधोग वाणिज्य संघ संग सहकार्य गरेर समृद्धि प्राप्तिका निम्ति अगाडि बढन तयार रहेको बताए ।

 

उनले संघले उठान गर्ने बिषयलाई संचारकर्मको क्षेत्रबाट उठाउने प्रतिवद्धता जनाए । वीउवासंघका अध्यक्ष ओमप्रकाश शर्माले पत्रकार महासंघसंग मिलेर काम गर्न पाउने  अवस्थाको सृजनाले आफूहरु उत्साहीत भएको बताए । उनले सुर्य नेपाल प्रा.लि. प्राप्त गरेको पुरष्कार सङ्घका लागि गर्वको कुरा भएको र वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका अन्य उद्योगका लागि उदाहरण बन्न पुगेको बताए  ।

 

सोही अवसरमा उद्योगले विर्सजन गर्ने प्रदुषण पैmलाउने पदार्थको सही व्यवस्थापन उद्योगलेनै गरी वातावरण प्रदुषण नियन्त्रणमा योगदान गर्नु आजको आवश्यकता रहेको सूर्य नेपाल प्रा.लि.का महाप्रबन्धक प्रभाकर विक्रम शाहले वताए  ।

उनले उधोगले प्रदुषण फैलाउने काम नगर्ने स्थापित भएको चर्चा गर्दै उधोगले रोजगारी दिएको तर्फपनि बिचार गर्नु पर्ने बताए । 


कार्यक्रममा वीउवासंघका अन्य पदाधिकारी तथा पूर्व अध्यक्ष एवम सूर्य नेपाल प्रा.लि.का अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.