logo

बिकासको काममा अवरोध सहन गरिने छैन गापा  प्रमुख जयसवाल

      6/14/2018 गते 00 00 मा प्रकाशित     916   पटक पढिएको

बीरगंज ३१जेठ   ।

बिकास निर्माणको काममा कुनै पनि खालको अवरोध सहन नगरिने सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताएका छन ।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) मानव अधिकार निगरानी समहु गादी तथा वडा कार्यलय गादीले वडाकार्यालयमा बिहिवार आयोजना गरेको सेवाग्राही र सेवाप्रदायक वीचको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन।

सडक च्यापेर घर बनाउनेहरुको कारण सडक साँघुरा भएका छन नाला निर्माण गर्दा सडक नै सकिने खालको अवस्था छ हामी सडको अतिक्रमण हटाएर बिकासका काम अगाडि बढाइने बताए । उनले वालवालिकालाई बिद्यालय नपढाउने रक्सी सेवान गरेर श्रीमती कुटने जस्ता समस्याहरु रहेको बताउदै त्यस्ता समस्या समाधान गर्न आफूहरु लागि परेको बताए ।

 

उनले स्थानीय तहलाई आत्म निर्भर बनाउने बिषयमा समेत आफूहरुले काम गरिरहेको बताए । उनले बिद्यालयमा भूईमा बसेर पढनु पर्ने अवस्थाको अन्त्य गर्न आफू लागि परेको बताए ।  जगंलको फडानी नियन्त्रण गर्न उनले पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाले संयुक्त रुपमा काम गर्नु बताए ।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोले भौतीक पूर्वाधारको बिकास संगै मानवीय बिकासको क्षेत्रमा आफूहरुले काम गर्ने बताइन । उनले खाद्य,स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत अधिकार भएको चर्चा गर्दै बिकासको पहिलो शर्त शिक्षा भएको बताइन ।उनले अहिले पनि कर्मचारीतन्त्र हावी भएको गुनासो गरिन ।

 

उनले बिषदीमुक्त कृषि उपजको उत्पादन गाउँमा रोजगारीको सृजनाकालागि आफूहरुले कोशीस गरिहेको बताइन । उपाध्यक्ष महतोले नागरिक समृद्ध भएमात्रै राष्ट्र समृद्ध हुने भएकोले नागरिको आर्थिक समृद्धिको आकंक्षा पुरा गर्न पर्यटन,कृषिको उत्पादकत्वमा बृद्धि जंगलको संरक्षणमा ध्यान दिइने बताइन ।

 

मानव अधिकार निगरानी समुह मधुवन धवलका अध्यक्ष दिनेश तिमिल्सीना र गादीका अध्यक्ष बिजय गैरेले समुहको तर्फबाट गरिएको गतिविधि र त्यसले ल्याएको परिर्वतनको बिषयमा प्रकाश पारेका थिए ।

 

मानव अधिकार निगरानी समुहका पटेर्वा सुगौली गाउँपालिका वडा नं २ का अध्यक्ष बिजय गैरेको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक पर्सा प्रतिनिधि के.सी.लामिछाने, सखुवा प्रसौनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष बिश्वनाथ पटवारी,तुलसा अधिकारी देवीचरण न्यौपाने समाजसेवी बासुदेव चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बासुदेव चौधरी,पारस महतो,रामा खाँ थारु,राधीका गिरी चन्केश्वर भण्डारी मोहन चौधरी र वाल अधिकार चेतना समुह रंगपुरका अध्यक्ष सकिना खातुनले आ आफना सवाल सुझाव राखेका थिए । सहभागिहरुले बिकास निर्माणका कामको अवस्था,बिद्यालयमा बिनियोजीत रकमको निकासा नभएकोले कहिले सम्म उपलब्ध हुन्छ भन्दै आफनो जिज्ञासा राखेका थिए । जवाफमा सरोकारवालाले असार २० गते भित्र सबै काम सम्पन्न हुने जानकारी दिएका थिए ।

 

कार्यक्रममा गादी र मधुवन मथवलका मानव अधिकार निगरानी समुहका पदाधिकारी सदस्यहरु ,वालअधिकार चेतना समुहका प्रतिनिधि शिक्षक तथा अन्य सामाजिक अगुवा गरि ५० जनाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.