logo

वीरगंजका चिकित्सकहरूले बिरामीलाई ठगी रहेको खुलासा

      6/14/2018 गते 00 00 मा प्रकाशित     1044   पटक पढिएको

 वीरगंजमा रहेका स्वास्थ्य संस्था र त्यसमा कार्यरत चिकित्सकहरूले झुन्ड्याउने साइनबोर्ड पनि मेडिकल काउन्सिलले तोकेसरह छैन । काउन्सिलले साइनबोर्डको हकमा पनि मापदण्ड बनाएको नेपाल मेडिकल एसोसिएशन, पर्साका अध्यक्ष्F डा. अग्रवालले बताए । उनले वीरगंजमा देखिएको साइनबोर्डको हकमा मापदण्डविपरीत रहेको पुष्टि गरेका छन् । 
    डा. अग्रवालले सबै स्वास्थ्य संस्था र चिकित्सकहरूलाई काउन्सिलले तोकेको मापदण्ड अनुसार काम गर्न आग्रह गरेका छन् ।  

  बीरगंजमा कार्यरत अधिकांश चिकित्सकहरूले भूmटा विवरण प्रस्तुत गरेर बिरामीहरूलाई ठगी गरिरहेको पाइएको छ । नेपाल काउन्सिलले जारी गरेको निर्देशिका अनुसार खास विषयमा एबिबिएस गरेर एमडी गरेका चिकित्सकहरूले विशेषज्ञ लेख्न सक्छन् ।

 

जुन विषयमा एमडी गरेको हो त्यो विषयमा मात्र विशेषज्ञ लेख्न सकिन्छ । तर वीरगंज महानगरमा रहेका थुप्रै चिकित्सकहरूले सम्बन्धित विषयमा एमडी नगरेरै आपूmलाई विशेषज्ञ दर्जा दिंदै आएको पाइएको छ । यसैगरी वरिष्ठको लागि सरकारले मान पदवी दिएको हुनुपर्छ ।

 

नेपाल मेडिकल काउन्सिल नारायणी वीरगंजका अध्यक्ष्ँ डा. जगदीशप्रसाद अग्रवालले सरकारले वरिष्ठको उपाधि दिने र अन्यको हकमा अध्ययन अनुसारको पद लेख्नुपर्ने बताए । उनले यसको अनुगमन नियमन गर्ने संस्था मेडिकल काउन्सिल भएको बताए । मेडिकल एसोसिएशन, नारायणी वीरगंजमा ३५० जना चिकित्सक आबद्ध छन् ।     
    वीरगंजमा चिकित्सकहरूको भीडभाड हुने स्थान मकालुदेखि नाउक्ष्ँे अस्पतालसम्मको क्ष्ँेत्रमा रहेका चिकित्सकहरूको साइनबोर्ड हेर्ने हो भने धेरैजसोले आपूmलाई विभिन्न रोगको विशेषज्ञ, वरिष्ठ चिकित्सकको दर्जा दिएर साइनबोर्ड झुन्ड्याउने गरेको पाइन्छ ।


    वीरगंजकै अन्य ठाउँमा पनि चिकित्सकहरूको साइनबोर्डमा यसै प्रकारको पदवीहरू राखेको पाइन्छ ।  कतिपय चिकित्सकहरूले एकदेखि ६ महिना तालिम लिएको आधारमा मात्र ‘वरिष्ठ‘ र ‘विशेषज्ञ’ लेख्ने गरेका छन् ।
    खासगरी छाती, मुटु र पेटको सन्दर्भमा विशेषज्ञ लेख्ने अधिकार डास्टर अफ मास्टर ९डिएम० लाई मात्र छ । तर यसमा पनि एमडी गरेकाहरूले आपूmलाई विशेषज्ञ भनेर लेख्ने गरेको पाइएको छ । वीरगंजको सन्दर्भमा डा। अरुणकुमार कर्ण एकमात्र मुटुरोग विशेषज्ञ हुन् ।

 

उनी हालै गङ्गालाल हृदय उपचार केन्द्रबाट डिएम गरेर आएका हुन् । उनीबाहेक वीरगंजमा थुप्रैले आपूmलाई मुटुरोग विशेषज्ञ भनेर साइनबोर्ड झुन्ड्याएको पाइन्छ । 
    कतिपय चिकित्सकहरूले एमबिबिएस गरेको आधारमा मात्रै पनि ‘वरिष्ठ’ र ‘विशेषज्ञ’को दर्जा दिएर सोही अनुरूप साइनबोर्ड झुन्ड्याएका छन् ।

 

लामो समयदेखि यस प्रकारको विकृति वीरगंजमा मौलाउँदा पनि मेडिकल काउन्सिल चुप लागेर बसेको छ । यसको अलावा जिल्ला प्रहरी कार्यालयले यसको अनुगमन गर्नुपर्ने हो । यस्तो कार्य ठगी अन्तर्गत पर्दछ र ठगी मुद्दा हेर्ने अधिकार जिल्ला प्रहरीलाई छ । प्रहरीले यस प्रकारको लापरवाहीविरुद्ध नजानेर वा जानेर नै पनि कुनै कारबाई गरेको अहिलेसम्म जानकारीमा आएको छैन ।सुष्मा शर्मा /प्रतीक दैनीकबाट

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.